सिरहा क्षेत्र नं. ४मा दुई पूर्वमन्त्रीबीच तीव्र प्रतिस्पर्धा, को–को हुन् प्रतिस्पर्धी !

लहान, ४ मंसिर । आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि सिरहाको क्षेत्र नं ४ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने अनुमान छ राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री अजयशंकर नायकबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको हो प्रतिनिधिसभाका लागि सो क्षेत्रबाट पूर्वमन्त्रीद्वयसँगै नेपाली काँग्रेसका नेता तथा निवर्तमान सांसद मोख्तार अहमद पनि सशक्त उम्मेदवारका रूपमा रहेका छन् विगतदेखि नै कम्युनिस्ट पार्टीको पकड भएको क्षेत्र मानिएको यस निर्वाचन क्षेत्रमा पर्ने पाँच वटा स्थानीय तहमध्ये गत असोज २ मा सम्पन्न स्थानीय तह निर्वाचनमा मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नरहा गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको थियो भने कल्याणपुर नगरपालिकामा काँग्रेस र विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरमले विजय हासिल गरेको थियो पार्टीभित्र पनि कुशल संगठकका रूपमा परिचित माओवादी नेता नायक स्थानीयस्तरमा राम्रो पकड भएको नेताका रूपमा चिनिन्छन् जनतामाझ लोकप्रिय नेताका रूपमा पहिचान बनाउनु र स्थानीय तह निर्वाचनमा एमाले र माओवादीले मत पाएकाले वाम गठबन्धनका उम्मेदवारलाई चुनावी अंकगणितको हिसाबले अरु उम्मेदवारभन्दा केही अगाडि देखिएको बुद्धिजीवीहरुका भनाइ छ जनयुद्धकालदेखि नै अविनाशका रूपमा पहिचान बनाउन सफल पूर्वमन्त्री नायक चुनाव आफूले जित्ने बताउँछन् । उनले भने,“जनताकै बीचमा रहेर विगतदेखि नै जनप्रिय काम गरेकाले आफूलाई जनताले निर्वाचित गर्नेछ ।”मधेश आन्दोलनकै बीचबाट राजनीतिमा सक्रिय हुनुभएका राजपा नेता यादवले पूर्वमन्त्री नायकलाई ठूलै टक्कर दिने अनुमान छ । यस क्षेत्रको दक्षिणी भेगमा यादव समुदायको बाहुल्यता रहेको र मधेश आन्दोलनको प्रभाव क्षेत्रसमेत भएकाले राष्ट्रियस्तरमै बौद्धिक नेताका रूपमा पहिचान बनाउनुभएका यादवको पक्षमा पनि चुनावी परिणाम आउन सक्ने एकथरिको भनाइ छ तर यस क्षेत्रका बुद्धिजीवीले कम्युनिस्टको पकड मानिएको यस क्षेत्रमा राजपा नेता यादवलाई जित्न गाह्रै हुने विश्लेषण गर्न थालेका छन् मधेश आन्दोलनकै बीचबाट सक्रिय राजनीति शुरु गर्नुभएका राजपा नेता यादवले आफ्नो जित्ने आधार बलियो रहेको दाबी गरेका छन् । मधेश आन्दोलनको उद्गमस्थल हो सिरहा, उहाँले भन्नुभयो, “मैले यहाँ बसेर मधेश र मधेशी जनताका लागि संघर्ष गर्दै आएकाले आफूलाई यहाँको जनताले रोज्छ भन्नेमा विश्वस्त छु ।”त्यस्तै प्रखर वक्ता र इमान्दार छविका नेताका रूपमा परिचित काँग्रेस उम्मेदवार मोख्तार अहमद पनि चुनावी नतिजा आफ्नो पक्षमा आउने दाबी गरे पहाडी समुदायका साथै दलित, यादव र मुस्लिम समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा यी तीनैजना बीचको प्रतिस्पर्धा रोचक हुने स्थानीय बुद्धिजीवीको कथन छ । तीनैजनाले आफ्नो जित निश्चित रहेको दाबी गरे पनि जनताको अभिमत कसको पक्षमा आउने अहिले नै अनुमान गर्न गाह्रो रहेको स्थानीयवासी बताउँछन् सिरहाको १७ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह समेटिएको यस क्षेत्रमा पुरुष ४३ हजार १९६ र महिला ३८ हजार १०६ गरी कूल ८१ हजार ३०२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?