प्रचण्ड निवासमा देउवाप्रति यसरी खनिए ओली, शोकमा रहेका प्रचण्ड बोलेनन्

काठमाडौँ, ५ मङ्सिर- एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूमाथि शृंखलाबद्ध आक्रमण भइरहँदा पनि सरकार सम्वेदनशील नभएको आरोप लगाएका छन्, नयाँ पत्रिकामा खबर छ ‘केटाकेटीले गुलेली चलाएजसरी बम र ग्रिनेड पड्काएर उम्मेदवारमाथि निरन्तर आक्रमण हुँदा सरकार के हेरेर बसेको छ ?, प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार ओलीले गराएको ध्यानाकर्षण उद्धृत गर्दै एमाले नेता विष्णु रिमालले भने,‘उम्मेदवारकै सुरक्षा गर्न नसक्ने सरकारले कसरी भयरहित वातावरणमा स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गराउँछ ?’दिवंगत पुत्र प्रकाश दाहालको निधनबाट शोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना दिन झापाबाट सीधै लाजिम्पाट पुगेका ओेली सरकारको कार्यशैलीलाई लिएर प्रधानमन्त्रीमाथि खनिएका हुन्, नयाँ पत्रिकामा खबर छ । डडेलधुराबाट काठमाडौं फर्किएलगत्तै प्रचण्डलाई समवेदना दिन लाजिम्पाट पुगेका देउवा र ओलीको एउटै समयमा जम्काभेट भएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले सरकारले शान्ति–सुरक्षाको अवस्था मजबुद बनाउन आफू क्रियाशील हुने जानकारी गराएका थिए । उनले तत्काल सुरक्षा निकायका प्रमुखहरूसहितको बैठक डाक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?