विप्लव समूहविरुद्ध सरकार आक्रामक , कुन–कुन नेतामाथि आक्रमण ?

काठमाडौँ, ५ मङ्सिर- सुरक्षा संयन्त्र असफल हुँदा चुुनावविरोधी हिंसा बढेको निष्कर्ष सुरक्षा अधिकारीले निकालेका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीमा उच्च सुरक्षा अधिकारी तथा प्रमुख जिल्ला अधिकारीहरूले यस्तो निष्कर्ष निकालेका हुन् नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई दर्जनभन्दा बढी स्थानमा हिंसात्मक आक्रमण गरिसकेको छ । तर, त्यससम्बन्धी सूचना प्रहरीले पाएर पनि रोक्न नसक्नुले सूचना संयन्त्र असफल भएको निष्कर्ष निकालिएको हो, नयाँ पत्रिकामा खबर छ प्रधानमन्त्रीको निर्देशनपछि गृहले ७७ जिल्लाकै प्रशासन र प्रहरीलाई विप्लव नेतृत्वको नेकपाका नेता र कार्यकर्तामाथि आक्रामक कारबाही गर्न परिपत्र गरेको छ । सोहीअनुसार सोमबारदेखि नै प्रहरीले सो पार्टीका नेता–कार्यकर्तामाथि खोजी सुरु गरिसकेको छ । विप्लवका कार्यकर्ताले प्रमुख दलका केन्द्रीय नेताहरूलाई लक्षित गरी पटक–पटक आक्रमण गर्दै आएका छन् कुन–कुन नेतामाथि आक्रमण ?गत २४ कात्तिकदेखि प्रमुख दलका केन्द्रीय नेतामाथि शृंखलाबद्ध आक्रमण भएका छन् । जसमा कांग्रेस नेता रामचन्द्र पौडेल, डा. रामशरण महत, खबबहादुर गर्बुजा, एमाले नेता शेरधन राई, राजेन्द्र गौतम, माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, ओनसरी घर्तीमगरलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?