१२ आश्विन २०७९, बुधबार

गणतन्त्र स्मारक गणतन्त्र दिवसको दिनदेखि सर्वसाधारणका लागि खुला

२०७४,मङ्सिर,५,मंगलवार ००:५८

0
Shares

काठमाडौँ, ५ मङ्सिर – नारायणहिटी राजदरबारभित्र निर्माणधीन बहुप्रतीक्षित गणतन्त्र स्मारक अगामी गणतन्त्र दिवसको दिनदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मणिराम गेलालले नारायणहिटी दरबारभित्र ३५ रोपनी जग्गामा निर्माणाधीन गणतन्त्र स्मारकको उद्घाटन अगामी वर्षको गणतन्त्र दिवस (२०७५ जेठ १५) का दिन गरी सर्वसाधारणका लागि खुला गरिने जानकारी दिए । यो स्मारकको उद्घाटन राष्ट्रपति वा प्रधानमन्त्री कोबाट गराउनेबारे अहिले तय भइनसकेको उनले बताए स्मारक निर्माणका लागि सुरुमा नारायणहिटी दरबारको ८२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको थियो । तर सुरक्षा संवेदनशीलता देखाउँदै नेपाली सेनाले ३५ रोपनी जग्गा मात्र उपलब्ध गराएको थियो, गोरखापत्रमा खबर छ जनआन्दोलनको प्रतीक, राजतन्त्रको बहिर्गमन र गणतन्त्रको आगमनको प्रतीकका रुपमा निर्माणाधीन गणतन्त्र स्मारकको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै उपमहानिर्देशक गेलालले निर्माण भइसकेका संरचनाहरूको रङ–रोगन, तिनीहरूको सञ्चालनको तयारी तथा डेकोरेसन कार्य भइरहेको जानकारी दिए । उनका अनुसार, अहिले स्मारकमा प्राण भर्ने काम भइरहेको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ००:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सार्वजनिक कार्यक्रममै पत्रकारमाथि अपमानजनक शब्द प्रयोग गरेका छन् । उपमहानगरपालिकाले स्थानीय तहको निर्वाचन पछि

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम

कास्की । पोखरा महानगरपालिका–२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग १ क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

भक्तपुर। आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधवार एक जनालाई पक्राउ गरेको छ । बैतडी सिगास

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९