कर फछ्र्योट पदाधिकारीको यस्तो बयान

काठमाडौँ, ५ मङ्सिर – अनियमित ढङ्गबाट कर मिनाहाको आरोप लागेका कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालको अदालती बयान सकिएको खबर गोरखापत्रमा छ विशेष अदालतमा महत र ढकालको बयान सकिएपछि सोमबारदेखि नै थुनछेक बहस सुरु भएको छ । बहस मङ्गलबार पनि हुनेछ । अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी तथा सदस्यहरू द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासका बयान सकिएको हो आरोपित द्वयको बयान सकिएपछि सोमबार नै महत र ढकालका कानुन व्यवसायीले थुनछेक बहस सुरु गरेका छन् । विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले बहस मङ्गलबारका लागि निरन्तर राखिएको बताए विशेष अदालतले आरोपित द्वयसँग चार दिनसम्म लगातार बयान लिएको थियो । कात्तिक २९ गते अदालतमा उपस्थित भएका उनीहरूसँग कात्तिक ३० गतेबाट बयान लिन सुरु गरिएको थियो । बयानका क्रममा अध्यक्ष महत र सदस्य ढकालले कर फछ्र्योट आयोग ऐनले दिएको अधिकार प्रयोग गरेर कर मिनाहा गरेको जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?