१३ आश्विन २०७९, बिहीवार

आगलागीमा परी ३ को मृत्यु, १५ जना भवनभित्र फसेको आशंका

२०७४,मङ्सिर,४,सोमवार १६:५१

0
Shares

नयाँदिल्ली, ४ मङसिर – भारतको पन्जाव राज्यमा भएको आगलागीमा परी कम्तीमा ३ जनाको मृत्यु भएको छ भने अरु १५ जना कारखाना भित्र थुनिएको आशंका गरिएको छ पन्जावको राजधानी चेन्नाई देखि १०० किलोमिटर टाढा पर्ने मुश्ताक नगरमा रहेको तीन ओटा प्लाष्टिक कम्पनीमा आगलागी भएको हो आगलागी भएपछि आगो निभाउन ५० जना अग्नी नियन्त्रकहरु खटिएका थिए । उनीहरुले तीन जनालाई मृत अवस्थामा बाहिर निकालेका छन् भने अरु १५ जना भित्रै रहेको अनुमान गरिएको छ आगलागीमा परी केही व्यक्ति घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् आगलागी भएको कारखाना भित्र पुरिएकाहरुलाई बाहिर निकाल्नका लागि अन्य उद्धारकर्ताहरु, अर्धसैन्य सुरक्षाकर्मीहरु लगायतलाई परिचालन गरिएको छ पन्जावका मुख्य मन्त्री अमरिन्द्र सिंहले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,४,सोमवार १६:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उत्तरी मेक्सिकोमा बन्दुकधारीहरूले बुधवार ६ जना प्रहरी अधिकारीको गोली हानेर हत्या गरेका छन् । क्यालेरा डे भिक्टर रोजालेसको

काठमाडौं । जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ । जापानमा महिला कामदारको औसत वार्षिक तलब सन्

काठमाडौं । भारत र बंगलादेशबीच सुक्खायाममा कुशियारा नदीको पानीबारे सहमति भएको छ । साझा सीमा नदी कुशियाराबाट दुवै पक्षले १

काठमाडौं । आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर इरानमा विगत १२ दिनदेखि हिंसा चर्किएको छ ।

ताजा समाचार

दक्षिण अफ्रिकामाथि भारतको जित
 २०७९,आश्विन,१३,बिहीवार १०:४६