१५ आश्विन २०७९, शनिवार

९ वर्षदेखि कोमामा रहेका भारतीय पुर्वमन्त्रीको निधन

२०७४,मङ्सिर,४,सोमवार १६:४९

0
Shares

नयाँदिल्ली, ४ मङसिर – विगत नौ बर्षदेखि कोमामा रहनु भएका भारतका पुर्व सूचना मन्त्री प्रिय रन्जन दस्मुन्सीको निधन भएको छ सन् २००८ देखि कोमामा रहनु भएका दस्मुन्सीको ७२ बर्षको उमेरमा नयाँदिल्ली स्थित उपचार भइरहेको अस्पतालमै निधन भएको हो “उहाँको स्थानीय समय अनुसार दिउसो १२ः१० मा निधन भएको छ, विगत एक महिना देखि उहाँको गंभीर अवस्थामा उपचार भईरहेको थियो, दुर्भाग्यबस आज उहाँको उपचार सफल हुनसकेन,” एपोलो अस्पतालले जारी गरेको वक्तव्यमा भनिएको छ भारतको पश्चिम बंगाल राज्यमा प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेस पार्टीको सवै भन्दा उच्च नेताका रुपमा उहाँ परिचित हुनुहुन्थ्यो काँग्रेस नेतृत्वको एकिकृत प्रगतिशिल गठबन्धनको सरकारमा मन्त्री भएकै बेला अकस्मात बेहोस भै ढलेपछि उहाँलाई पक्षघात भएको थियो भारतका राष्ट्रपति राम नाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेसकी प्रमुख सोनीया गान्धीले उहाँलाई समवेदना व्यक्त गर्नुभएको छ “पुर्व मन्त्री र बरिष्ठ राजनीतिक नेता प्रिय रन्जन दास्मुन्सीको निधनको खवर सुन्दा धेरै दुःख लागेको छ,” कोविन्दले ट्वीट गर्नु भएको थियो त्यसैगरी प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै लेख्नुभएको छ, “प्रिय रन्जन दास्मुन्सी लोकप्रिय र अनुभवी राजनीतिक नेता हुुनुहुन्थ्यो, फुटबललाई लोकप्रिय बनाउन उहाँले उल्लेख्य काम गर्नुभएको थियो ।”पार्टी अध्यक्ष गान्धीले उहाँको दुखद् निधनबाट पार्टी र देशलाई नै ठुलो क्षती पुगेको बताउनु भएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,४,सोमवार १६:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिड्नी । अष्ट्रेलियाको पूर्वी राज्य क्वीन्सल्याण्डले विश्वको सबैभन्दा ठूलो पम्प गरिएको जलविद्युत ऊर्जा भण्डारण योजना निर्माण गर्ने भएको छ ।

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको लापरबाही धम्कीबाट नडराउने चेतावनी दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार

तेहरान । इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक सडक आन्दोलनका क्रममा ९ जना जना युरोपेली नागरिक पक्राउ परेका

काठमाडौं । म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका पूर्व सल्लाहकार तथा अष्ट्रेलियाका एक प्राध्यापकलाई सैन्य अधिकारीले तीन वर्षको जेल सजाय

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९