चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर के भने प्रधानमन्त्रीले ?

काठमाडौँ, ४ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका लागि आवश्यक सबै प्रवन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् प्रधानमन्त्री देउवाले चारवटै सुरक्षा निकायका प्रमुखसंग आज प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी निर्वाचनको सुरक्षा चुनौती सम्बोद्धन हुने गरी तत्काल सुरक्षा रणनीति तय गर्न निर्देशन दिएका हुन् निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउनुहोस्, गृहमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले भने– “सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध छ ।”उनले संविधान र कानुनको परिधिभित्र रहेर निर्वाचन सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सुरक्षा निकायलाई सचेत गराए सो अवसरमा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनको सुरक्षा योजनावारे प्रधानमन्त्री देउवालाई जानकारी गराए सो अवसरमा मुख्य सचिव लोकदर्शन रेग्मी, गृहसचिव मोहनकृष्ण सापकोटा, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीको उपस्थित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?