विदेश पठाइदिने भनी ठगी गर्ने साह पक्राउ

ललितपुर, ४ मंसिर – विदेश पठाई दिन्छु भनी विभिन्न व्यक्तिबाट ठगी गर्ने सञ्जीवकुमार प्रसाद साहलाई आज प्रहरीले ग्वार्कोवाट पक्राउ गरेको छ सर्लाही स्थायी घर भएका साहले जापान र कोरिया पठाइदिने प्रलोभनमा नखिपोट बस्ने भीमकुमार माबोबाट रु दुई लाख, हरिसिद्धी बस्ने सुरेन्द्र नेम्वाङबाट रु दुई लाख ५६ हजार, काठमाडौँ बौद्ध बस्ने धनलक्ष्मी थापाबाट रु दुई लाख ५६ हजार र लालबहादुर लिम्बूबाट रु बीस हजार ठगी गरेको पाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नरेन्द्र चन्दले बताए कृषि कार्यालय खुमलटारको प्रमुख भएको नाटक गरेर निजबाट ठगी गरेको पाइएको प्रवक्ता चन्दले बताउनुभयो । ग्वार्कोस्थित सत्य गेष्ट हाउसको कोठाबाट ठगी गर्ने साहलाई रु दुई लाख सात हजारसहित पक्राउ गरिएको पनि उनले जानकारी दिए साहलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?