पूर्वमन्त्रीको प्रतिस्पर्धाका कारण कञ्चनपुरमा चुनावी रौनक

– शेरबहादुर सिंह भीमदत्तनगर, ४ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा लोकतान्त्रिक र वाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउद, निर्वाचन क्षेत्र नं ३ बाट काँग्रेसका नेता एंव पूर्वमन्त्री रमेश लेखक तथा निर्वाचन क्षेत्र नं. १ मा वाम गठबन्धनबाट पूर्वप्रधानमन्त्री एवं (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी नेत्री बिना मगरका उम्मेदवारीका कारण कञ्चनपुरको निर्वाचन प्रदेश नं ७ मै सबैभन्दा बढी चर्चामा छ पूर्वमन्त्री साउदलाई निर्वाचन आफ्नो पक्षमा पार्नु प्रतिष्ठाको विषय बनेको छ । यसअघि साउद विसं २०७० को निर्वाचनमा कञ्चनपुर–२ बाटै निर्वाचित भएका थिए । उनीसंग वाम गठबन्धनबाट एमालेका उम्मेदवार नरबहादुर धामी प्रतिस्पर्धामा हुनुहुन्छ । अघिल्लो निर्वाचनमा धामी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा नेपाली काँग्रेसका बहादुरसिंह थापासित पराजित भएका थिए पार्टीको टिकट वितरण गर्ने समितिमा रहेकाले पनि नेता साउदले आफ्नो क्षेत्रमा समावेशीरुपमा टिकट वितरण गरेकाले उनको जित सहज हुने काँग्रेसी नेता, कार्यकार्ताको बुझाइ छ । उक्त क्षेत्रमा करिब २६ प्रतिशतभन्दा बढी जनजाती राना थारु र चौधरी थारुको बसोबास छ । राना थारु र चौधरी समुदायबाट पनि कञ्चनपुरमा काँग्रेसले उम्मेदवार बनाएकाले मत आउनेमा काँग्रेस नेता बढी आशावादी छन् । नेता साउदले सासंद÷मन्त्री हुँदा उक्त क्षेत्रमा ल्याएका विकास निर्माणका कामले पनि निर्वाचन नेता साउदको पक्षमा हुने नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरिप्रसाद बोहराको दाबी छ “निर्वाचन क्षेत्रमा जाँदा सबैतिर कार्यकर्तामा उत्साह देखिएको छ”– सभापति बोहराले भन्नुभयो, “पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन भएकाले पनि माहोल सकरात्मक बन्दैछ ।”यता एमाले नेता धामी दुई मुख्य पार्टीको तालमेल र पार्टीको संगठनसमेत राम्रो भएकाले निर्वाचन जित्ने दाबी गर्दै हिँडेका छन् उक्त क्षेत्रमा स्थानीय तहको निर्वाचनमा दुई काँग्रेस र एक एमालेका नगरप्रमुख छन् । त्यहाँको शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा काँग्रेस र बेदकोट नगरपालिकामा एमालेको पकड रहेको देखिएको छ त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा काँग्रेस उम्मेदवार लेखक र वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार डा दीपकप्रकाश साउदबीच मुख्य प्रतिस्पर्धा रहेको छ तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काँग्रेसलाई सघाएको छ । काँग्रेसको पोल्टामा जित दिलाउनका लागि जिल्लाभर चुनावी अभियान संयुक्तरुपमा सञ्चालन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ गत संविधानसभा–२०७० को निर्वाचनमा भारी मतले विजयी भएका लेखकको क्षेत्र काँग्रेसका लागि कञ्चनपुरकै सबैभन्दा सुरक्षित क्षेत्रका रुपमा हेरिएको छ । दोधारा–चाँदनीलाई सडकमार्गबाट जोड्न महाकालीमा चार लेनको पुल निर्माणका लागि पहल तथा यहाँको सडक, खानेपानीलगायतका पूर्वाधारमा मन्त्री छँदा धेरै बजेट विनियोजन गराउन सघाउन पु¥याएको लेखकलाई श्रेय दिनेको कमी पनि यहाँ छैन् नेता लेखक कञ्चनपुरलाई आवागमन तथा व्यापारको त्रिदेशीय नाकाका रुपमा विकास गर्ने एजेण्डासहित आफू निर्वाचनमा होमिएको बताउनुहुन्छ । “नेपाल–भारत र चीनको त्रिदेशीय नाका, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह र महाकाली करिडोर निर्माण अबका मेरा मुख्य काम हुन् ।” उहाँले भन्नुभयो, “त्यसमा आवश्यक महाकाली पुल निर्माण शुरु भइसकेको छ ।” उहाँले कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्नसके रोजगारीका सम्भावना बढेर जाने विश्वास व्यक्त गर्नुभयो वाम गठबन्धनका उम्मेदवार डा दीपकप्रकाश भट्टले काँग्रेसले विकासका नाउँमा प्रचारबाजी मात्रै गरेको बताउनुहुन्छ । उहाँले आफूले निर्वाचन जिते समृद्धि र विकासका लागि ठोस पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो एमालेबाट निर्वाचन क्षेत्र नं ३ मा हीरासिंह विष्टले दिएको वागी उम्मेदवारीले भने गठबन्धनमा तरंग ल्याएको छ । विज्ञप्तिमार्फ उम्मेदवारी फिर्ता लिएको बताइए पनि जिल्लामा हुने गरेका चुनावी बैठकमा उक्त विषयमा अझै नेताबीच विवाद हुने गरेको छ क्षेत्र नं १ मा वाम गठबन्धनकी उम्मेदवार विना मगर काँग्रेस उम्मेदवार दिवानसिंह विष्ट भन्दा बढी चर्चामा छन् । काँग्रेसभन्दा प्रचारप्रसारलाई भड्किलो बनाएकी उम्मेदवार विनालाई पति प्रकाश दाहालको निधनको वियोगले एक्कासी च्यापेको छ । विसं २०७० को संविधानसभा निर्वाचनमा काँग्रेसका विष्टले विनालाई थोरै मतले हराउँदै विजयी भएका थिए । निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनपछि काँग्रेसमा आन्तरिक असन्तुष्टि देखिनु र वाम घटकको साथ रहनुले विनालाई जितका लागि सहज रहेको वामपन्थी नेताहरु बताउँछन् महिला उम्मेदवार विनालाई जिताउन माओवादी केन्द्रका जिल्लाका महत्वपूर्ण शक्ति क्षेत्र नं १ मै खटिएको छ । निर्वाचन क्षेत्र नं १ का प्रदेशसभाका उम्मेदवार तथा नेकपा एमालेका कञ्चनपुर जिल्ला अध्यक्ष तारा लामा तामाङले माओवादी युवा नेता दाहालको निधनले आइतबार एक दिन चुनावी कार्यक्रम स्थगित गरे पनि सोमबारदेखि सञ्चालन भएको बताउनुभयो क्षेत्र नं १ मा विनालाई सहानुभूति मत बढ्ने देखिएको छ । उहाँले वाम गठबन्धनको कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा पकड बलियो रहेको दाबी गर्दै सबै क्षेत्रमा वाम घटकका उम्मेदवारका पक्षमा मतदाता रहेको बताउनुहुन्छ माओवादी केन्द्रका कञ्चनपुर संयोजक वीरबहादुर थापाले शोकमा रहनुभएका उम्मेदवार विना मगर केही दिनभित्रै चुनावी क्षेत्रमा आउने जानकारी दिनुभयो । “जिल्लाभरि वाम घटकका पक्षमा राम्रै माहोल छ भन्ने सुनिन्छ”– थापाले भन्नुभयो, “चुनावी अभियानलाई जिल्लाभर गतिका साथ अघि बढाएका छौँ ।”नेकपा (एमाले)का कञ्चनपुरका उपसचिव रणबहादुर महराले जिल्लाभर वाम गठबन्धन संयुक्त टोली चुनावी प्रचारमा परिचालन गरिएको बताउनुभयो । “जिल्लाभर प्रचार अभियान बढेको छ”– उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?