देउवालाई चुनाव जित्न सजिलो ! तीन माओवादी नेता काँग्रेस प्रवेश

डडेल्धुरा, ४ मंसिर – नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्कीसहित थुप्रै कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् डडेल्धुराको अलितालमा आयोजित काँग्रेसको चुनावी सभामा पार्कीसहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा इन्जार्च एवं केन्द्रीय सदस्य जनक कलौनी, लक्ष्मी उप्रेतीसहितका झण्डै एक हजार ५०० जना माओवादी कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् उनीहरुलाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरे । कार्यक्रमपछि पार्कीले माओवादी केन्द्रले जनअधिकारलाई छोडेर परम्परावादी शक्तिको रुपमा रहेको एमालेसँग एकीकरण गर्ने निर्णय गरेकाले लोकतान्त्रिक शक्तिको रुपमा रहेको काँग्रेसमा प्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?