१२ आश्विन २०७९, बुधबार

काठमाडौं विश्व विद्यालयबाट चिकित्सा विज्ञानका १ हजार १९१ विद्यार्थी दीक्षित

२०७४,मङ्सिर,४,सोमवार १५:५३

0
Shares

धुलिखेल, ४ मंसिर – काठमाडौँ विश्व विद्यालयको २३ औं दीक्षान्त समारोहका अवसरमा आज चिकित्सा विज्ञानअन्तर्गत विविध विषयमा स्नातकोत्तर तथा स्नातक गरेका एक हजार १९१ विद्यार्थी आज दीक्षित भएका छन् सो अवसरमा प्रमुख अतिथि डा मोहनमान सैंजुले निजी क्षेत्रको पहलमा छुट्टै ऐनद्वारा स्थापना भएको काठमाडौं विश्वविद्यालय नेपालको उदाहरणीय विश्वविद्यालय रहिआएको बताए “सरकारी लगानी पर्याप्त मात्रामा प्राप्त गर्न नसके पनि स्थापनाको अढाई दशकभित्र यस विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राज्ञिक जनशक्तिको निर्माण गर्न सकेको छ”– डा सैंजुले भने अहिले विज्ञान प्रविधिको क्षेत्रमा आएको युगान्तकारी परिवर्तनले गर्दा मानिस सोच, विचार र कार्यशैलीमा फेरिन थालेको उनले बताए कार्यक्रममा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री एवं काठमाडौं विश्व विद्यालयका सहकुलपति गोपालमान श्रेष्ठले दीक्षित विद्यार्थीहरुलाई अविचलित भई गाउँगाउँमा सेवा गर्न जान आग्रह गरे कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ माकजु श्रेष्ठले दीक्षित विद्यार्थीहरुलाई नेतृत्व लिएर काम गर्न र परम्परालाई चुनौती दिन आग्रह गरे दीक्षित हुनेमा ७३३ महिला र ४५८ पुरुष छन् । यसमा १ सय ३५ जना विदेशी नागरिक छन् ।

प्रकाशित मिति: २०७४,मङ्सिर,४,सोमवार १५:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कास्की । पोखरा महानगरपालिका–२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग १ क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

भक्तपुर। आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधवार एक जनालाई पक्राउ गरेको छ । बैतडी सिगास

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधवार विहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका–१ बस्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९