राजेन्द्र लिंदेनलाई हराउन सक्लान सिटौलाले ? आक्रामक हुन थाले

भद्रपुर, ४ मंसिर – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीलाई मतदान नगर्न मतदातासँग आग्रह गरेका छन् चुनावी अभियानअन्तर्गत भद्रपुरको भानुचोकमा आयोजित कोणसभामा उनले गणतन्त्रका सपूत सुरज विश्वास र राजन गिरीको रगत सुकी नसकेको अवस्थामा परिवर्तन विरोधी भूमिकामा रहेका राप्रपाका उम्मेदवार राजेन्द्र लिंदेनलाई मत नदिन आग्रह गरेका हुन् झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिटौलाले संस्थागत भई नसकेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गरी परिवर्तनको रक्षामा लाग्नुपर्नेमा जोड दिदैं परिवर्तन विरोधीलाई पाखा लगाउन सबैमा अपिल गरे परिवर्तनको जनलहर रोकेर परिवर्तन विरोधी पक्षमा लाग्नुहुँदैन, उनले भने – “ कम्युनिष्ट मतदाताले पनि लोकतन्त्र र परिवर्तनका पक्षधर नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न सक्नुपर्छ ।”सो अवसरमा प्रदेशसभा सदस्य ‘ख’ का उम्मेदवार भूमिप्रसाद राजवंशीले प्रदेशसभामा आदिवासी जनजाति समुदायको उपस्थिति दर्शाउन पनि आफ्नो उम्मेद्वारी अनुमोदन हुनुपर्ने तर्क गर्दै विभेदको अन्त्य तथा समन्यायिक राज्य व्यवस्थाका लागि आफूलाई मतदान गर्न सबै मतदातासँग आग्रह गरे झापामा राजेन्द्र लिंदेन र सिटौलाको कडा प्रतिस्पर्धा हुने अनुमान भइरहेको बेला सिटौला लिंदेनमाथि आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?