चुनावको मुखमा कमल थापा र बाबुरामबीच यस्तो समझदारी

काठमाडौँ, ४ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं २ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई सहयोग गर्ने समझदारी भएको छ दुवै पार्टीका शीर्ष नेतृत्वकाबीच पटकपटक छलफल भई आज भएको समझदारीमा मकवानपुर क्षेत्र नं १ मा राप्रपाका अध्यक्ष कमल थापालाई नयाँ शक्ति पार्टीले सहयोग गर्ने समझदारी भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिए नयाँ शक्ति पार्टीले मकवानपुर क्षेत्र नं १ मा प्रह्लाद लामिछानेलाई उम्मेदवार बनाएको भए पनि दुई पार्टीकाबीचमा भएको समझदारीबाट उनको उम्मेदवारीलाई स्थगित गरिएको छ । गोरखा क्षेत्र नं २ मा राप्रपाकातर्फबाट उम्मेदवारी दिइएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?