पैसाको बलमा वाम गठबन्धनले के गर्न खोज्दैछ ?पौडेल

तनहुँ, ४ मंसिर – नेपाली काँग्रेसका वरिष्ठ नेता तथा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले वाम गठबन्धनबाट पैसाको बलमा लोकतन्त्र समाप्त गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।व्यास नगरपालिका–१ को गल्वुवेसीस्थित चुनावी कोणसभालाई आज सम्बोधन गर्दै नेता पौडेलले वाम गठबन्धनले मुुलुकलाई निकास दिन नसक्ने दाबी गरे सोही कार्यक्रममा नेकाँ तनहुँका पूर्वसभापति तथा क्षेत्र नं १ का प्रदेश ख का उम्मेदवार रघुनाथ पौडेलले व्यास नगरको विकास काँग्रेसको नेतृत्वमा शुरु भएको र यसलाई समृद्ध गर्ने अभियानमा काँग्रेसले नै लागिपर्ने बताए आजै नेता पौडेलले भानुको सालविश्ने, ठुलो चौर, खहरे र तुरतुरेको कोणसभालाई सम्बोधन गर्दै बृहत् भानु शहरको अवधारणालाई भानुको जन्मस्थलसम्म पु¥याएर चुँदी रम्घालाई साहित्यक तीर्थस्थलको रुपमा विकास गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?