मंसिर दोस्रो साता आठौँ राष्ट्रिय खेलकुद गर्ने लक्ष्य

नेपालगन्ज, ३ मंसिर – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले अपाङ्गता भएका, विद्यालयका छात्रछात्रा र महिलाहरूमा खेलकुदप्रति अभिरुचि जगाउने काम परिषद्ले गरिरहेको बताएका छन् आगामी वर्ष नेपालगन्जमा हुने आठाँै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार निर्माण कार्यको अनुगमन गर्न आज यहाँ आएका सदस्य सचिव विष्टले भने – ‘ठ्याक्कै मिति नै तोकर अहिले भन्न नसकिए पनि मंसिरको दोस्रो साता आठाँै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ ।”“हामीलाई अहिले १३ आंँै दक्षिण एशियाली खेलकुद प्रतियोगिता र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको चटारो छ, त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ, तर हामी तोकिएको समयमा दुवै खेल प्रतियोगिता सञ्चालन गरेरै छाड्छौं” – उनले भने सदस्य सचिव विष्टले आठाँै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माणमा रु एक अर्ब २४ करोड र खेल सञ्चालनका लागि रु ३५ करोड गरी अनुमानित एक रु अर्ब ५९ करोड खर्च हुने आकलन गरिएको सो अवसरमा जानकारी दिए कूल ३५ खेल खेलाइने राष्ट्रिय खेलकुद प्रतियोगिताको २५ खेल बाँके नेपालगन्जमा, १० खेल बर्दियामा र पाँच खेल दाङमा सञ्चालन हुने पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?