के भयो विमलेन्द्र निधिलाई ? अस्पताल भर्ना

काठमाडौँ, ४ मंसिर – छातीमा समस्या देखिएपछि नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि आज राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन् श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना हुनुभएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ चिकित्सकले उहाँलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए निधि आज अपराह्न ४ः३० बजे अस्पताल पुगेका थिए । जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उनी आज नै काठमाडाँै आएका थिए मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता निधि धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?