१२ आश्विन २०७९, बुधबार

सागर आलेको कार्यक्रम बहिष्कारकाे के हाे वास्तविकता ?

२०७४,मङ्सिर,४,सोमवार १२:३९

0
Shares

काठमाडौँ, ४ मंसिर – नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडलका टप ४ प्रतियोगी सागर आलेले बेलायतका दर्शकहरुमाझ आफ्नो प्रस्तुति गर्ने भएका छन् आउँदो डिसेम्बर महिनाको १ देखि ३ तारिखसम्म क्रमशः अल्डरसट, फोक्सटन र लण्डनमा सागरको लाइभ प्रस्तुति हुन लागेको हो । शारदा गुरुङ, ज्योति थापा, इन्द्र आले, रुक राना लगायतको टीमले आयोजना गर्न लागेको यो कार्यक्रमका लागि सागरसहित उनका दाइ तथा पोखराको बिग एफए गायन प्रतियोगिता विजेता साजन आले र लोकदोहोरी गायिका इन्द्रकुमारी गुरुङ पनि बेलायत जाँदैछन् यसैबीच, मगर संघ यूकेले बेलायतमा हुने सागरको कार्यक्रमलाई बहिष्कार गर्ने भन्ने हल्ला झुटो रहेको बताएको छ । मगर संघ यूकेका अध्यक्ष नेम थापाले कार्यक्रम आयोजना गर्नुमा संघको संलग्नता नभएको र सागर आलेको कार्यक्रम बहिष्कार गर्ने हल्लामा सत्यता नभएको बताए ‘कार्यक्रम आयोजना गर्नेमा हामीहरु छैनौं है भनेर भनेको हो’, संघका अध्यक्ष थापाले स्पष्ट पारे, ‘कुनै कलाकारको कार्यक्रम बहिष्कार गरौं भनेर हाम्रो संस्थाले कदापी भन्दैन ।’ संघको भनार्इलाई कतिपयले अपव्याख्या गर्दै संघले बहिष्कार गर्ने भनेर प्रचार गर्नु दुखद रहेको उनको टिप्पणी छ र्यक्रमको लागि सघाइरहेका एनआरएन यूके युवा संयोजक एलबिजेड गुरुङले पनि कुनै कलाकारको कार्यक्रम बहिष्कार भनेर प्रचारबाजी गरिनु दुखद रहेको बताए । ‘हामीले मगर संघका अध्यक्षसँग नै कुरा गर्‍यौं, उहाँहरुले बहिष्कार गर्ने भनेकै हैन भन्नुभएको छ’, गुरुङले भने, ‘सागर आले हाम्रो सान हो । हल्लाको पछि लाग्नुभन्दा पनि आफ्ना कलाकारहरुको सम्मान र प्रोत्साहन गर्नेतर्फ लाग्न म सबैलाई आग्रह गर्न चाहन्छु ।

प्रकाशित मिति: २०७४,मङ्सिर,४,सोमवार १२:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिल्म ‘मिलन’ को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक गरिएको छ । आगामी तिहारको अवसरमा १८ कात्तिकबाट

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत रेकर्ड गरिएको छ । सुवर्ण सिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुनलागेको नम्बरी सुनको पहिलो

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले कलाका विभिन्न विधाहरुलाई एकीकृत गर्नुपर्ने आवश्यकता

काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण आउँदो मंसिर ९ गतेदेखि राजधानीको थापागाउँस्थित मण्डला थिएटरमा हुने भएको छ

ताजा समाचार

लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९
ख्वप फुटसल टुर्नामेन्ट सुरू
 २०७९,आश्विन,१२,बुधबार १६:४२