मधेशको सच्चा हिमायति नेपाली काँग्रेस : मन्त्री महेन्द्र यादव

धनुषा, ४ मंसिर । खानेपानी तथा सरसफाइ मन्त्री एवम् धनुषा निर्वाचन क्षेत्र नं ४ नेपाली काँगे्रसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले मधेशी जनता र मधेशको हित चाहने पार्टी नेपाली कांग्रेस मात्र भएको बताएका छन् निर्वाचन क्षेत्र नं ४ अन्तर्गत पर्ने तुलसी र बडहरीमा आयोजित नेपाली कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दैे यादवले संविधान संशोधन मार्पmत मधेशलाई अधिकार सम्पन्न बनाउने कार्यको नेतृत्व नेपाली कांग्रेसले नै लिएको बताए । उहाँले एमालेको असहयोगको कारण मधेशी जनताको भावना अनुरुपको संविधान संशोधनको प्रयास सफल हुन नसकेको बताउदै निर्वाचन पछि बन्ने नेपाली कांग्रेसको नेतृत्वले बाँकी जिम्मेवारी पूरा गर्नै बताए कांग्रेस नेता यादवले देशको विविधतालाई सम्मान गर्न नसक्ने एमालेले राष्ट्रवादका नाममा विभिन्न भागमा बस्ने र विभिन्न सम्प्रदायका नेपाली बीचमा विभेद सिर्जना गर्न खोजेको बताए । उनले नेपाली जनतालाई विभाजन गर्ने एमाले प्रवृतीलाई यो चुनावबाट परास्त गर्नुपर्ने बताए कार्यक्रममा एमाले, माओवादीका दर्जनौ नेता कार्यकर्ता सहित करिब ४ सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए उनीहरुलाई धनुषा क्षेत्र नम्बर ४ नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार एवम् मन्त्री महेन्द्र यादव र क्षेत्र नम्बर ४ “ख“ का प्रदेश सभाका उम्मेदवार श्री बासुलाल महतोले अबिर माला लगाएर स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?