महिला विश्व टी–२० एसिया छनोटः थाइल्यान्डले दियो नेपाललाई ९१ रनको लक्ष्य

काठमाडौं, ४ मंसिर । आइसिसी महिला विश्व टी–२० एसियामा छनोट प्रतियोगिताअन्तर्गत थाइल्यान्डले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा ९० रन बनाएको हो थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा घरेलु टिमका लागि नारुमोल चाइवाइले नटआउट २३ रन जोडिन ओपनर नाटाकम चन्तमले १८ रन जोडिन् । नेपालकी सरिता मगरबाट बोल्ड हुनुअघि उनले १८ बल खेलेर २ चौका प्रहार गरिन् । स्वर्णानि टिपोचले १५ रनको योगदान गरिन तर, उनले १७ बल खेल्दा बाउन्ड्री प्रहार गर्न सकिनन् त्यस्तै, बलिङतर्फ नेपालका लागि सरिता मगरले २ विकेट लिइन् । कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले १–१ विकेट हात पारे । करुणा र रुबिनाले १–१ जना थाई ब्याट्सउमेनलाई रनआउटको गराइन आइसिसी महिला विश्व टी–२० एसियामा छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड, मलेसिया र युएईले प्रतिस्पर्धा गरिरहेका छन् राउन्ड रोविन लिंगमा हुने लिंगको शीर्ष २ टिम नेदरल्यान्डसमा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिने छन् छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । ६ टिम भने छनोट भइसकेका छन् । जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?