विप्लव नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज बिसी पक्राउ

चितवन, ४ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेपाल कम्युुनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् उनलाई प्रहरीले चुनाब विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो प्रहरीले उनलाई दिउँसो १ बजे वडा नम्बर ७ बाट पक्राउ गरेको चितवन जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ चितवन प्रहरी प्रवक्ता डिएसपी प्रभु् ढकालले उनलाई निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा पक्राउ गरिएको जनाएका छन् यसअघि पनि प्रहरीले सोही आरोपमा विप्लप पार्टीका दुई जना कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीले तीन दिनअघि सो पार्टीका लोकराज पाण्डे र लक्ष्मी न्यौपानेलाई क्रमशः खैरहनी र रत्ननगरबाट गिरफ्तार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?