एकै साथ दुई स्थानमा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं, ४ मंसिर । लक्ष्मी बैंकले कञ्चनपुरको झलारी र कैलालीको बौनियाँमा शाखा विस्तार गरेको छ एकै साथ दुई स्थानमा शाखा विस्तार सँगै बैंकले ग्राहकहरुलाई शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाइल फोन मार्फत बैंकिङ सुविधा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त रुपमा लैजाने विश्वास लिएको छ बैंक विस्तार गरिएको क्षेत्रमा नयाँ निक्षेप योजना र विभन्न आवधिक तथा बचत निक्षेत्र सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत साथै साना व्यवसाय बैंकिङ सेवालाई अझ विस्तृत पार्दै जाने लक्ष्य बैंले लिएको छ त्यसैगरी, साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमीतथा कृषकहरुलाई सरल रुपमा कर्जा उपलब्ध गराउनुको साथै वित्तीय सेवातथा सल्लाहप्रदान गरी उनीहरुको व्यवसायलाई ठूलो मद्दत पुर्याउने विश्वसा बैंकले राखेको छ यो दुई शााखा विस्तार भएसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ७४ पुगेको छ । हस्पिटल सेवा काउन्टर ३, एटिएम ९५, २५०० भन्दा बढी रेमिटेन्स साथै ४०० भन्दा बढी मोवाइल एजेन्टहरु पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?