माइक्रो वेभ लिङ्क मार्फत उपल्लो मुस्ताङमा टेलिकमको सेवा विस्तार

बागलुङ, ४ मंसिर । उपल्लो मुस्ताङमा माइक्रो वेभ लिंक मार्फत नेपाल टेलिकमले आफ्नो सेवा विस्तार गरेको छ । नेपाल टेलिकमले भि स्याट प्रविधि हटाएर माइक्रो वेभ लिङक मार्फत सेवा विस्तार गरेको हो समुन्द्र सहतदेखि करिब ३ हजार ८ सय मिटर उचाइमा अवस्थित लोमाङथाङमा बिटिएम टावर स्थापना गरि सेवा सञ्चालनमा ल्याएको हो मुक्तिक्षेत्र गाउपालिकाको घिउला डाँडामा रिपिटर टावर राखेर माईक्रो वेभ लिङक मार्फत टावर सञ्चालनमा ल्याईएको नेपाल टेलिकम धौलागिरी प्रमुख वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए शर्माले भने, उच्च हिमाली भू–भाग र दुर्गम क्षेत्रमा काम गर्न र प्रविधि पुराउन निकै जोखिम र कठिन थियो यद्यपी हामी जनतालाई सञ्चारको पहुँचमा जोड्दै गुणस्तरीय सेवा प्रदान गर्ने नेपाल टेलिकमको योजना अनुरुप सेवा विस्तार गरिएको बताए टावरको विस्तार भए सँगै लोमान्थाङ गाउपालिकाको सबै वडाहरु, दोलामे गाउपालिकाको केही वडाहरु सँगै छोसेर, कोरला नाकासम्म सेवा पुगेको छ मोवाईल सेवा विस्तारसँगै त्यहाँ पुग्ने पर्यटकलाई समेत भ्वाईस र तीव्र गतिको डाटा चलाउन सहज हुने नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताए लोमान्थाङ मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम देखि १ सय किलोमिटर दुरीमा पर्दछ । त्यस्तै नेपाल टेलिकमले म्याग्दी जिल्लाको दुर्गम ठाउँ मालिका गाउपालिका ३ डाँडागाउ किटेनीमा पहिलो पटक जिएसएम मोवाईल सेवा विस्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?