काठमाडौँ, ४ मङ्सिर – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा आइतबार सार्वजनिक गरेको छ । विभिन्न कारणले उम्मेदवार बन्न योग्य नभएका २५६ जनाको नाम बन्दसूचीबाट हटेपछि अब कुल पाँच हजार ८३८ जना उम्मेदवार कायम भएका छन्, गोरखापत्रमा खबर छ समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेका उम्मेदवारको बन्दसूची अन्तिम रूपमा सार्वजनिक गरेका हुन् अन्तिम रूपमा सार्वजनिक गरिएको बन्दसूचीमा प्रतिनिधिसभा सदस्यतर्फ दुई हजार २७३ उम्मेदवार कायम छन् । सातवटा प्रदेशसभा सदस्यका लागि तीन हजार ५६५ जना उम्मेदवार कायम छन् । जसअनुसार प्रदेश नं. १ मा ५७७, प्रदेश नं. २ मा ८०४, प्रदेश नं. ३ मा ७७४, प्रदेश नंं. ४ मा ३१९, प्रदेश नं. ५ मा ६०४, प्रदेश नं. ६ मा २०६ र प्रदेश नं. ७ मा २८१ उम्मेदवार कायम छन् आयोगले उजुरउपर छानबिन भई २५६ जना उम्मेदवार अयोग्य ठहरिएको जानकारी दिएको छ । तीमध्ये तीन जना उम्मेदवारले आफैँ उम्मेदवारी फिर्ता लिएका थिए भने योग्यता नपुगेका २५३ को उम्मेदवारी रद्द भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया