२५ स्थानमा विस्फोट विस्फोट गराउनेलाई सरकारको यस्तो चेतावनी

काठमाडौँ, ४ कात्तिक – रक्षामन्त्री भीमसेनदास प्रधानले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा खटिएका विभिन्न पार्टीका उम्मेदवार तथा कार्यकर्तालाई लक्षित गरी बम विस्फोट गराउने समूहलाई कुनै हालतमा छुट नदिइने बताएका छन् नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहँुका उम्मेदवार रामचन्द्र पौडेल, नुवाकोटमा पार्टीका अर्का नेता डा. रामशरण महत र प्रदेशसभा उम्मेदवार रमेश महत लगायतको हत्या गर्ने उद्देश्यले विस्फोट गराइएको बताउँदै उहाँले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न निर्देशन दिइसकिएको बताए । यताका दिनमा नेपाली काँग्रेसका साथै वाम गठबन्धनका नेता तथा उम्मेदवारहरूलाई लक्षित गरी भोजपुर, रुकुम, रोल्पा लगायतका क्षेत्रमा पनि विस्फोटका घटना भएका थिए । क्यानडाको भ्यानमारमा कात्तिक २८ र २९ गते सम्पन्न संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा शान्तिसेना पठाउने देशका रक्षामन्त्रीको सम्मेलनमा भएका उपलब्धिका बारेमा जानकारी दिन आइतबार रक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री प्रधानले निर्वाचनको मिति घोषणा भएदेखि आइतबारसम्म २५ स्थानमा विस्फोटका घटना भएको बताए, गोरखापत्रले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?