बदनाम यहाँ रोकिएला बुथकब्जा ?

काठमाडौँ, ४ मंसिर – निर्वाचन मिति नजिकिँदै गर्दा दोलखामा मतदाता र मतदानस्थल सुरक्षाको चिन्ता बढेको छ । कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले एकअर्कालाई बुथकब्जा गर्न सक्ने आरोप लगाउँदै मतदाता सुरक्षाप्रति चिन्ता जनाएका छन् । उनीहरू भन्छन्, ‘बुथकब्जा भएन भने मै चुनाव जित्छु ।’सुन्दै अचम्म लाग्छ, २०४८ सालदेखि नै दोलखामा बुथकब्जाको क्रमभंग भएको छैन । कांग्रेस, एमाले र पछिल्लो पटक चुनावमा प्रवेश गरेको माओवादीले समेत यही हतियार प्रयोग गर्दै आएको छ । जसका कारण यहाँ चुनावमा भिडन्त, हुलदंगा, मारकाटका घटना सामान्यजस्तै भएका छन् । गत स्थानीय तहकै चुनावमा यस्तै भिडन्तमा दुई जनाको ज्यान गएको थियो, कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?