एसीसी यू–१९ एसिया कपमा सहभागी नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं, २ मंसिर । मलेसियामा भएको एसीसी यू–१९ एसिया कप क्रिकेटमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ ।भारतजस्तो माथिल्लो स्तरको टोलीलाई पहिलो पटक हराउँदै सेमिफाइनलमा पुगेको नेपाली टोली सेमिफाइनलमा भने अफगानिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो मलेसियामा भएको प्रतियोगिताको सेमिफाइनलमा निकै कमजोर प्रदर्शन गरेको नेपाली टोलीले समूह चरणमा भने मलेसियालाई ८ विकेटले र भारतलाई १९ रनले हराएको थियो हरेक प्रतियोगितामा नेपालको बाधक बन्दै आएको अफगानिस्तानले यो पटक नेपाललाई फाइनल पुग्न दिएन मलेसियामा चार खेल खेलेको नेपालले २ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई १९ रनले र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएर सेमिफाइलनमा पुगेको थियो भारतविरुद्धको जित नेपालका लागि ऐतिहासिक जित थियो । सेमिफाइलनमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?