सिन्धुपाल्चोक–२ मा ठाउँठाउँमा प्रेसर कुकर बम

चौतारा, २ मंसिर । निर्वाचनको मुखमा देशका विभिन्न स्थानमा उम्मेदवारमाथि बम आक्रमणका घटना भइरहेका बेला सिन्धुपाल्चोकको २ नम्बर निर्वाचन क्षेत्रका विभिन्न स्थानमा बम भेटिएको छ बम फेला पर्न थालेपछि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ निर्वाचन नजिकिदै गर्दा मेलम्चीटारस्थित इन्द्रावती क्याम्पसको आँगनमा, मेलम्ची नगरको ज्यामिरे मिलनचोक र मेलम्ची बजारको शिखरपुर तीपेनी जाने पुलछेउमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जानकारी दिएको छ शुक्रबार पनि मेलम्ची–९ को मिलनचोकमा भेटिएको प्रेसरकुकर बम प्रहरीले निष्कृय पारेको थियो । यसैगरी मेलम्चीटारस्थित इन्द्रावती क्याम्पसमा बम फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए सिन्धुपाल्चोक–२ मा लोकतान्त्रिक गठबन्धनबाट पशुपति शमशेर राणा र वाम गठबन्धनबाट शेरबहादुर तामाङ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?