मध्यरातमा आफ्नै छोरीलाई जलाउँदा प्रहरीको भ्यान पुग्यो, नक्कली मलामीको भागाभाग !

appharu
0
Shares
file photo

काठमाडौं । धनुषाको सबैलामा मध्यरातमा एक नाबालिकालाई जलाइरहेको अवस्थामा आधा दर्जन भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सबैला नगरपालिका वडा नम्बर.१ मा गत राति झुन्डिएर पिंकीको मृत्यु भएको भन्दै परिवारजनले प्रहरीलाई जानकारी नगराई मध्यरातमा जलाउने क्रममा प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।

स्थानिय सत्रुधन यादबको १४ बर्षिय छोरी पिंकी कुमारी यादब घरमै झुण्डिएको अवस्थामा परिवारजनले देखेपछि छिमेकीहरुको सहयोगमा सोमबारको मध्यरातमै घर भन्दा २ किलोमिटर टाढा सडक छेउमै शव जलाइरहदाँ प्रहरीले देखेपछि त्यहाँ उपस्थित भएका सबैलाई नियन्त्रणमा लिएको हो ।

मृतक नाबालिका पिंकीको शव जलाउने क्रममा प्रहरीको गाडी आइरहेको देख्दा सबै भागाभाग भएको थियो ।
प्रहरीले तुरुन्तै जलिरहेको शवलाई नियन्त्रणमा लिएको थियो भने बुवा सत्रुधन यादवलाई समेत नियन्त्रणमा लिएको थियो । शवको पोष्टपार्टमका लागि जनकपुर अंचल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?