मामाद्वारा भान्जि बलात्कृत, यसरी खुल्यो रहस्य !

appharu
0
Shares
file photo

काठमाडौं । झापामा मामाद्वारा भान्जि बलात्कृत भएकी छिन् । बालिकाले आफ्नी आमालाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

बलात्कारपछि बालिकाको स्वास्थ्य अवस्था कमजोर भएको थियो । त्यसपछि घटनाको रहस्य खुलेको हो । करणी गर्ने मामा अहिले प्रहरी हिरासतमा छन्।

त्यस्तै असार २ गते आफ्नै घरमा भाडामा बस्ने १७ वर्षकी किशोरीलाई १ वर्षदेखि अनेक धम्की दिएर ५५ वर्षीय विष्णु खड्काले बलात्कार गर्दै आएको खुलासा भयो । घटना बाहिर आएपछि उनी अहिले फरार छन् ।

जिल्लामा हुने अधिकांश बलात्कारका घट्नामा चिनेजानकै मानिसबाट बढी हुने देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै ४ वर्षीया बालिकादेखि ७७ वर्षीय वृद्धासम्म बलात्कारको सिकार हुने गरेका छन् । झापामा गत असारदेखि १ सय २७ वटा बलात्कार सम्बन्धित उजुरी दर्ता भएका प्रहरीले जनाएको छ ।

नजिककै मानिसबाट जवरजस्ती करणी बढी हुने भएकाले अधिकांश घटना घर भित्रै हुने गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?