२४ असार २०७६, मंगलवार १४:००

हङकङलाई हराउँदै उपाधिमाथि नेपालको कब्जा


प्रकाशित मिति : २४ असार २०७६, मंगलवार १४:००

काठमाडौं । मलेसियामा भएको एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

तस्वीर: गुगल

मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङकङलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

यस जीतसँगै नेपाल यु –१९ एशिया कपमा समेत प्रवेश गरेको छ । श्रीलङ्कामा आगामी भदौ ११ गतेदेखि शुरु हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलङ्का, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स ९यूएई० र कुवेत सहभागी हुनेछन् ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले १६ दशमलव १ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग-यो । नेपालको जीतमा पवन शर्राफले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै रित गौतमले १३ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १२ तथा खड्कबहादुर बोहोराले ८ रन जोडे ।

बलिङतर्फ हङकङका रौनक कपुरले दुई विकेट लिए भने मोहमद हसन र मोहमद हसन खान एक – एक विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रनमा समेटिएको थियो । खराब शुआत गरेको हङकङले रनको खाता नै नखोली २ विकेट गुमाएको थियो ।

हङकङका लागि आदित गोरवाराले २४ र काल्हन चल्लुलले १९ तथा रौनक कपुरले १२ रन जोड्नेबाहेका अन्य आठ ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

हङकङलाई कमैमा समेट्ने क्रममा नेपालका सागर ढकालले घातक बलिङ गरे । दश ओभर बलिङ गरेका ढकालले ५ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए । त्यसैगरी कमलसिंह ऐरीले ३ विकेट लिँदा कुशल मल्ल र तिलक राजभण्डारीले एक एक विकेट झारे ।

यसअघि भएको सेमिफाइनल खेलमा नेपाल मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिंगापुरलाई डिएल पद्धतिका आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस
युरोकप छनोट : विश्वकपको उपविजेता क्रोएसियासँग वेल्सको बराबरी

एजेन्सी । युरोकप छनोटमा वेल्सले क्रोएसियासंग १-१ गोलको बराबरी खेलेको हो । खेलको

मेस्सी बिना अर्जेन्टिनाले गर्यो इक्वेडरको पोस्टमा आधा दर्जन गोल

एजेन्सी । मैत्रीपूण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई फराकिलो गोल अन्तरले हराएको छ । आईतबार

स्पेनिस फुटबल ईतिहासमा रामोसको नयाँ कीर्तिमान

एजेन्सी । स्पेनले युरो कप छनोटमा नर्वेसंग बराबरी खेलेको छ । शनिबार राति

ग्रिकलाई पराजित गर्दै ईटालीको युरो कपमा स्थान पक्का

एजेन्सी । युरो कप २०२० मा ईटाली छनोट भएको छ । रोमामा भएको