अण्डाको मूल्य बढ्यो


प्रकाशित मिति : २४ असार २०७६, मंगलवार १२:३५

काठमाडौं । कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य २८० पुगेको छ । सानो अण्डाको मूल्य रु ११५ बाट बढेर २३० पुगेको छ ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा १० पर्दछ । बढेको बिक्रीमूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा पर्दछ ।

हाल दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने गर्दछ । यो सङ्ख्या ५५ लाख पुगेकोमा क्रमशः घट्दै आएको कँडेलको भनाइ छ । अण्डाको मूल्य कम भएपछि धेरैले माउ कुखुरा बिक्री गरेका छन् । यससँगै चर्को गर्मीका कारण उत्पादनमा कमी आएको छ ।

पछिल्लो समय कृषकले चल्ला राख्नसमेत छाडेका थिए । यसबाट अण्डा उत्पादनमा क्रमशः गिरावट हुँदै जाने अनुमान गरिएको छ । सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले अण्डाको मागअनुसार आपूर्ति हुन कठिन भएकाले क्रमशः मूल्यवृद्धि हुँदै जाने अनुमान गरिएको बताए ।

तीन वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३६० पुगेको थियो । गत एक वर्षयता भने खर्च नधान्ने गरी मूल्यमा गिरावट आएको कृषकको भनाइ छ ।

पोख्रेलका अनुसार नेपालमा सात हजार कृषकले कुखुरा पाल्ने गरेको तथ्याङ्क छ । जहाँ एक लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । लेयर्स कुखुरामा मात्र एब अर्बभन्दा बढी लगानी भएको पोखरेलको भनाइ छ ।

दानाको मूल्य र बैंकको ब्याज बढ्दै जाने र अण्डाको मूल्य घट्दै जाँदा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेकोमा क्रमशः मूल्यवृद्धि हुन सकेमा टिक्नसक्ने उनले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस
भिभिआइपीको प्रयोगको लागी झण्डै डेढ अर्वको हेलिकप्टर ल्याइयो

काठमाडौं । उच्च पदस्थ व्यक्तिहरूको सवारीका लागि भनेर नेपाल सरकारले खरिद गरेको हेलिकप्टर

तिहारमा चिनीको अभाव हुनसक्ने, यस्तो छ कारण

काठमाडौं । यस वर्ष तिहारको समयमा चिनिको अभाब देखिने देखिएको छ । चिनीमा

आज सुनको मूल्य घट्यो, कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट भएको छ । बुधबार प्रतितोला

दुबईमा निर्यात हुन थाल्यो नेपाली तरकारी, नेपाली तरकारीले सधैँ बजार पाउला त ?

काठमाडौं । युनाइटेड अरब इमिरेट्स युएइ अर्थात दुबईमा नेपालबाट हरियो तरकारी निर्यात हुन