राष्ट्रिय क्रिकेट टोली मलेसिया प्रस्थान

appharu
0
Shares

काठमाडौं । सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप फाइनलको तयारी गर्न पारस खड्काको कप्तानीमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टीम मलेसिया प्रस्थान गरेका छन् ।

तस्वीर: गुगल

पारस खड्काको कप्तानीमा रहेको १४ सदसीय नेपाली टोली मंगलबार मलेसिया प्रस्थान गरेका हुन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद ९राखेप० का नवनियुक्त सदस्यसचिव रमेश सिलवालले विदाई गरेका थिए ।

एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ ।नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ। एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?