भेडीगोठ आगलागी पीडितलाई रमनले गरे सहयोग

appharu
0
Shares

जुम्ला । सामाजिक अभियान्ता एवम् नेपाल प्रहरीमा कार्यरत रमन बुढाले जुम्लाको भेडी गोठ आगलागी पीडितलाई सहयोग गरेका छन् ।

जुम्ला जिल्लाको पातारासी गाउँपालिका २ पेरेका बीर बहादुर बुढाको गत माघ मा भेडीगोठमा आगलागीभई ९५ बटा भेडा बाख्रा जलेर मरेका थिए । आगलागी बाट दश लाखभन्दा बढीको क्षति भएका उनै पीडितलाई रमनले सहयोग गरेका हुन् ।


व्यवसायिक रुपमा नै भेडा पाल्दै आएका बीर बहादुरको गोठमा आगलागि भएपछि उनि बिचल्लीमा परेका थिए कुकुरलाई खाना पकाएर दिने क्रममा बालेको आगो भेडीगोठमा सल्केको थियो । बीर बहादुरले बिहान भेडा चराउन गोठ जाँदा आगलागी भएको थाहा पाएका थिए ।


आगलागीबाट पिडामा परेका उनले लामो समयसम्मपनि कसैबाट साथ सहयोग नपाएको थाहा पाएपछि बिदामा घर पुगेका बेला समाजसेबी रमन बुढालले खाद्यान्न तथा बच्चाहरुको पठन पाठनको लागि स्टेशनरी सामग्री सहयोग गरेका हुन् ।


रमनले यहिअसार १४ गते पातारासी गाउँपालिका वडा नं १ का अध्यक्ष दत्त बुढाको उपस्थितीमा सहयोग हस्तान्तरण गरेका हुन् । जुम्लाकै पातारासी गाउँपालिका ५ मा जन्मेका रमनले पाँचबर्ष अगाडि देखिनै आफ्नो जिल्ला तथा गाउँपालिकाको विकासमा सक्दो सहयोग गदै आएका छन् ।


समाजका सबै सदस्य शिक्षित भएमात्रै समाज विकसीत हुनसक्छ भन्ने मत व्यक्त गर्ने रमनले आफ्नो तलबको केही प्रतिशत रकम बचाएर समाज विकासको विविध क्षेत्रमा सहयोग गदै आएका छन् ।


सानैदेखि समाजसेवा रुचि राख्ने बुढा प्रहरी सेवाको बेलापनि दिनदु:खीलाई सहयोग गर्दै आएका छन् । यस अघि पनि रमनले जुम्लाका विभिन्न विद्यालयमा भुइँमा बसेर पढ्न बाध्य विद्यार्थीहरुको लागि आवश्यक फर्निचर लगायतका सामग्री विद्यालयलाई सहयोग गरेका थिए ।


आफु जन्मेको गाउँपालिकालाई शिक्षित बनाउने अभियानमा आफ्नो सहयोग निरन्तर रहिरहने बताउने बुढाले प्रहरी सेवामा सानो दर्जामा रहेर पनि उदारणीय काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?