साहोको पहिलो गीत सार्वजनिक (भिडियो सहित)

appharu
0
Shares

एजेन्सी । प्रतिक्षारत चलचित्र ‘साहो’को पहिलो गीत सार्वजनिक भएको छ ।

यसमा अभिनेता प्रभास तथा बलिउड अभिनेत्री श्रद्धा कपूरको अभिनय रहेको छ । ‘साइको सैयाँ’ बोलको गीतलाई हिन्दी, तमिल, तेलुगू र मलयालम भाषामा सार्वजनिक गरिएको छ ।

‘साइको सैयाँ’ लाई यो वर्षकै सबैभन्दा उत्कृष्ट पार्टी गीत हुने अनुमन गरिएको छ । यो गीतमा बाहुबली प्रभासले मर्काएको दृष्य उनका प्रसंशकहरुलाई मन पर्न सक्छ । गीतमा श्रद्धा प्रभासको वरिपरि लटका–झटका देखाउँदै गरेको देखिन्छ ।

गीत सार्वजनिक भएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै प्रभासले श्रद्धासँगको गीतका केही दृष्यहरु पनि शेयर गरेका छन् ।

यो फिल्ममा प्रभास र श्रद्धाका अतिरिक्त नील नितिन मुकेशले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?