राष्ट्रिय चलचित्र पुरस्कार असार २७ मा हुने

appharu
0
Shares

काठमाडौं । ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ समारोह हुने भएको छ ।

चलचित्र विकास बोर्डले आफ्नो १९ औं वार्षिक उत्सवको अवसरमा असार २७ गते राष्ट्रपति भवनमा शितल निवासमा कार्यक्रम गर्ने भएको हो ।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह २०७४ र ०७५ मा भएको थिएन । यस पटक २०७३, २०७४ र २०७५ गरी तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । तीन वर्षकै नेपाली चलचित्र हेरेर निर्णायकले बोर्डमा परिणाम बुझाइसकेका छन् ।

राष्ट्रपति विधादेवी भण्डारीको हातबाट प्रदान हुने पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगदराशी पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

२०७३, २०७४ र २०७५ सालमा यो पुरस्कारबाट पुरस्कृत हुनेलाई जनही २५ हजार रुपैयाँ समेत प्रदान गरिने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?