अविवाहित अभिनेत्री माहीकी ३ बर्षकी छोरी

appharu
0
Shares

मुम्बई । ‘दबंग’, ‘जंजिर’, ‘पान सिंह तोमर’, ‘देव डी’, ‘गुलाब’, ‘साहेब बीबी’, ‘ग्याङस्टार’ लगायतका फिल्ममा  अभिनय गरेकी अभिनेत्री माही गिलले आफ्नी तीन वर्षकी छोरी रहेको खुलासा गरेकी छन् ।

४३ वर्षकी अविवाहित बलिउड अभिनेत्री माहीले आफू लामो समयदेखि प्रेमसम्बन्धमा रहेको समेत जनाएकी छन् ।

‘मेरो एक छोरी पनि छिन्, जसको नाम बेरोनिका हो । अगस्टमा उनी तीन वर्ष हुनेछिन् ।’ उनी गोवाको एक व्यवसायीसँग प्रेममा रहेको बताइएको छ ।

माहीले छोरीको प्रसंगबारे आफूले मिडियासँग कुरा लुकाएर राखेको र छोरीलाई सामाजिक सञ्जालबाट पनि टाढै राखेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?