बेलुका रुने मान्छेको तौल तिब्र घट्ने, यस्तो छ अचम्मको कारण !

appharu
0
Shares
फाइल तस्बिर

काठमाडौं | मोटोपना धेरैजसो मानिसको समस्या नै बनेको छ | मानिसहरु मोटोपना घटाउन विभिन्न तरिका अपनाउने गर्छन्। तौललाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा बैज्ञानिकहरु पनि अनेक अध्ययन अनुसन्धानमा लागेका छन् | एक नयाँ अध्ययनका अनुसार तौललाई रोएर पनि घटाउन सकिने तथ्य खुलासा भएको छ ।

फाइल तस्बिर

एशियन वनमा प्रकाशित एक रिपोर्ट अनुसार रुँदा हाम्रो शरीरमा कार्टिसोल नामको हर्मोनको श्राव हुने गर्छ । शरीरमा यो हर्मोनको स्तर बढ्दा तौलमा कमी आउँछ । दोस्रो, स्ट्रेस लेभल बढेपछि जब हामी रुन्छौं तब आँसुमार्फत् विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कने जुन तौल बढ्नका लागि जिम्मेवार हुन्छ ।

शोधमा पत्ता लागेअनुसार जसको आँसु निकै मुश्किलले झर्छ उनीहरुका लागि तौल घटना निकै मुश्किल पर्ने गर्छ । अर्को एउटा रोचक कुरा के हो भने रोएको नाटक गर्दा यसले तौल कम गर्न कुनै सहयोग गर्दैन ।

शोधमा दिएको जानकारी अनुसार मानिसका तीन प्रकारका आँसु झर्छन् – बेसल, रिफ्लेक्स र साइकिक । बेसल आँसु धेरैजसो खुसीका कारण झर्ने गर्छ जबकी रिफ्लेक्स आँसु चुरोटको धुँवा वा प्रदुषणका कारण निस्कने गर्छ । साइकिक आँसु भने मानिसहरुले भावनामा बगेपछि झार्ने गर्छन् र यही आँसु झरेको खण्डमा मात्रै तौल कम हुन्छ ।

बेलुका ७ बजेदेखि राती १० बजेको बिचमा रुँदा तौल तीब्र रुपमा घट्ने बताइएको छ । यो यस्तो समय हो जब मानिसहरुको नेगेटिभ इमोशन सबैभन्दा बढी हावी हुन्छ । रुँदा मानिसहरुको शरीरमा भएको क्यालोरी तीब्र रुपमा बर्न हुने जानकारी यसअघि पनि प्रकाशित भइसकेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?