राजदूत सुन्दासद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, २ मंसिर । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँका राजा हमाद बिन इसा अल खलिफासमक्ष गत बुधबार आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् अल सखिर दरबारमा भएको विशेष समारोहमा राजदूत सुन्दासले ओहदाको प्रमाणपत्र पेश गरेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ । सो अवसरमा राजदूत सुन्दासले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट बहराइनी राजा तथा जनतालाई पठाइएको शुभकामना अवगत गराए ओहदाको प्रमाणपत्र ग्रहण गर्दै बहराइनी राजा खलिफाले नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीको व्यक्तिगत सुस्वास्थ्य तथा खुशीको कामना गर्दै नेपाली जनताको निरन्तर शान्ति तथा समृद्धिको कामना गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?