यी ७ खानेकुरा भुलेर पनि फ्रीजमा राख्नुहुँदैन, यस्तो छ कारण


लोकपथ
प्रकाशित मिति : २३ असार २०७६, सोमबार १४:२५

काठमाडौं । हामी यो सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा सधै ताजा रहन्छ । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ ।

हालै गरिएको एक अध्ययनका अनुसार केही खाद्यपदार्थलाई फ्रिजमा राख्दा यसको रंग र स्वाद समेत फरक पर्न जाने पाइएको छ ।
थाहा पाईराखौं यी खानेकुरा कहिल्यै फ्रिजमा राख्नु हुँदैन ।

१. कफी : कफीलाई फ्रिजमा राख्दा फ्रिजमा भएका अन्य चीजको वासना कफीमा पर्ने कारण कफीको स्वादमा फरक पर्न जान्छ ।

२.गोलभेँडा : फ्रिजामा निकै कम तापमान हुने गर्छ जसले गोलभँेडाको स्वाद खराब हुनजान्छ । साथै यो निकै नरम हुनजान्छ ।

३.प्याज : प्याज फ्रिजमा राख्दा ढुसी पर्ने खतरा हुन्छ । यदि प्याज काटेर फ्रिजमा राखियो भने प्याज सुक्ने हुन्छ । काटेको प्याज फ्रिजमा राख्दा यसको गन्ध अन्य खाद्यपदार्थमा समेत पर्नजान्छ ।

४.केरा : केरा फ्रिजमा राख्दा धेरै पाक्ने र नरम हुनुका साथै यसको पोषणतत्वमा समेत कम हुन्छ ।

५. मह : मह फ्रिजमा राख्दा यो निकै कडा हुने गर्छ । फ्रिजमा कम तापमान हुनेका कारण महमा क्रिस्टलाइजेशन हुने कारण चम्चाबाट झिक्न समेत गाह्रो हुन्छ ।

६.खरबुजा : खरबुजालाई कोठाको समान तापमानमा राख्नुपर्छ । यसलाई फ्रिजमा राख्दा यसको भित्रीभाग कडा हुने तथा पोषणतत्वमा समेत कमी आउँछ ।

७. लसुन : लसुनलाई पनि कोठाभित्र नै राख्दा राम्रो हुन्छ । यसलाई फ्रिजमा राखेको १२ घण्टाभित्रमा सुख्खा हुने गर्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
पुरुषका लागि पनि गर्भनिरोधक जेल, वैज्ञानिक भन्छन्- यसरी प्रयोग गर्नुहोस्

काठमाडौं | अनिश्चित गर्भबाट बच्न महिलाहरु गर्भानिरोधकका विभिन्न अस्थाई साधन र औषधिका प्रयोग

साप्ताहिक राशिफल: साउन ४ देखि १० गतेसम्म यी राशिको भाग्य चम्किनेछ

काठमाडौं | आज २०७६ साल साउन, ४ गते शनिवार | साउन ४ देखि

यी ५ खानेकुरा, जसले पेनकिलरको काम गर्छ

तपाइँ यो कुरा जान्नुहोस् कि, मेडिकलमा पाइने पेनकिलर औषधीहरूले तपाईँको दुखाइ त कम

उमेर छदैं बच्चा जन्माइहाल्नुस्, नत्र यस्तो समस्या आइलाग्ला !

काठमाडौं । जब महिलाको उमेर ढल्किँदै जान्छ, उनीबाट सन्तानको सम्भावना पनि घट्दै जान्छ