२३ असार २०७६, सोमबार १३:०५

मलेसियालाई सात विकेटले पराजित गर्दै नेपाल फाइनलमा


प्रकाशित मिति : २३ असार २०७६, सोमबार १३:०५

काठमाडौं । एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

साविक विजेतासमेत रहेको नेपालले अब उपाधिका लागि सिङ्गापुर र हङ्कङबीचको विजेतासँग खेल्नेछ । सिङ्गापुर र हङ्कङवीच दोस्रो सेमिफाइनल खेल अहिले भइरहेको छ ।

मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्यलाई नेपालले १५ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । नेपालको जितमा भीम सार्कीले अविजित ३३ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले अविजित ३१ रन जोडे ।

त्यसैगरी पवन सर्राफले १८ रन तथा रित गौतमले तीन रन जोडे । बलिङतर्फ मलेसियाका हैकल मोहमद खेरले दुई विकेट लिए भने मुहमद आमीरले एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो । उसका लागि मुहमद आमिरले सर्वाधिक २४ रन जोडे । त्यस्तै हैकल मोहमद खेरले १२, वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन जोडे ।

मलेसियालाई सस्तैमा समेट्नेक्रममा नेपालका सागर ढकाल एक्लैले तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए ।

उक्त प्रतियोगिताको उपाधि विजेता टोलीले श्रीलङ्कामा आयोजना हुने यु–१९ एशिया कपमा छनोट हुनेछन् । फाइनल खेल मङ्गलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस
युरोकप छनोट : विश्वकपको उपविजेता क्रोएसियासँग वेल्सको बराबरी

एजेन्सी । युरोकप छनोटमा वेल्सले क्रोएसियासंग १-१ गोलको बराबरी खेलेको हो । खेलको

मेस्सी बिना अर्जेन्टिनाले गर्यो इक्वेडरको पोस्टमा आधा दर्जन गोल

एजेन्सी । मैत्रीपूण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई फराकिलो गोल अन्तरले हराएको छ । आईतबार

स्पेनिस फुटबल ईतिहासमा रामोसको नयाँ कीर्तिमान

एजेन्सी । स्पेनले युरो कप छनोटमा नर्वेसंग बराबरी खेलेको छ । शनिबार राति

ग्रिकलाई पराजित गर्दै ईटालीको युरो कपमा स्थान पक्का

एजेन्सी । युरो कप २०२० मा ईटाली छनोट भएको छ । रोमामा भएको