अनावश्यक इमेलहरु आफैं डिलिट गर्ने यस्तो टेक्निक, मिलाई हाल्नुस सेटिङ्ग

appharu
0
Shares

एजेन्सी । जिमेलमा अनेक खालका विज्ञापनजन्य इमेलहरु आउने गर्दछन् जुन हामीले वेवास्ता गरिरहेका हुन्छौं ।

अल्छी लागेर वा अन्य कुनै बाहानाले हामीले त्यसलाई वास्ता गर्दैनौ । पछि आफ्नो जिमेलको इनबक्स त्यस्तै म्यासेजले भरिएको देख्छौ । यस्ता अनावश्यक इमेलहरुबाट आफ्नो जिमेलको इनबक्स भरिएको देख्दा हामीलाई दिक्क लाग्छ ।

तस्वीर: गुगल

अझ एक-एक गरी त्यस्ता इमेलहरु डिलिट गर्न झनै झण्झट हुन्छ । यदि यो समस्या तपाइको जिमेलामा पनि आएको छ भने अब चिन्ता नगर्नुहोस् ।

जिमेलले आफ्ना प्रयोगकर्ताका लागि थुप्रै फिचरहरु उपलब्ध गराउँदै आएको छ, जसको सहयोगमा तपाईहरुले अनावश्यक इमेलहरु आफसेआफ डिलिट गर्न सक्नुहुन्छ ।

यसरी हुन्छ अनावश्यक इमेलहरु आफसेआफ डिलिट:
· सबैभन्दा पहिले तपाईंले emailstidio.pro  बाट आफ्नो जिमेल अकाउन्टमा Email Studio  इन्स्टल गर्नुहोस् ।
· जिमेल अकाउन्टमा गएर इनबक्समा एउटा कुनै इमेल ओपन गर्नुहोस्
· त्यहाँ दायातर्फ रहेको इमेल स्टुडियो आइकनमा क्लिक गर्ने
· आफ्नो जिमेल आइडी तथा पासवर्डबाट लगइन गर्ने
· लगइन पछि सूचीमा दिइएको इमेल क्लिनअप अप्सनमा क्लिक गर्ने
· जिमेलबाट तपाईं जुन काम गर्न चाहनुहुन्छ त्यसका लागि Add New rule मा क्लिक गर्न सक्नुहुन्छ
· त्यहाँ New Rule का रुपमा तपाईंले कुनै खास इमेल आइडीलाई मार्क गर्न सक्नुहुन्छ
· यो प्रक्रियाबाट तपाईंले जिमेलमा यस्तो सेटिङ्ग मिलाउन सक्नुहुन्छ जसका कारण कुनै खास इमेलबाट एक महिना वा हप्ताभित्र आएका सबै इमेल पूर्णरुपमा डिलिट हुन्छन् ।

इमेल स्टुडियो अलावा अरु तरीका बाट पनि इमेलहरु डिलिट हुन सक्छन् थाहा पाउन यो लिकं थिच्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?