सुर्खेतमा द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला !

appharu
0
Shares
;’v]{t, @# c;f/ -/f;;_ M ljikmf]6s kbfy{ k|x/L rf}sL d6]nf ;’v]{taf6 k|x/L ;xfos lg/LIfs g/axfb’/ yfkfsf] g]t[Tjdf cfOtaf/ u:tLdf uPsf k|x/L 6f]nLn] lrªuf8 ufpFkflnsf–& j8fsfF8fl:yt af6f] 5]psf] 9’ªufd’lg Knfli6sdf n’sfP/ /fv]sf] cj:yfdf km]nf k/]sf] ;s]6 &* yfg, uGws b’O{ s]hL, ;]ˆ6L ˆo”h cf7 yfg, 8]6s8 Ps ld6/ / s]k ^) yfg ljikmf]6s kbfy{ . tl:a/M z’/axfb’/ l;+x

काठमाडौं । सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ ।

विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो ।

प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार गस्तीमा गएको टोलीले चिङ्गाड गाउँपालिका–७ वडाकाँडास्थित बाटोको एक मिटर छेउमा ढुङ्गामुनि प्लाष्टिकको पोकामा लुकाएको अवस्थामा फेला पारेको थियो ।

पोकामा बम बनाउन प्रयोग हुने सकेट ७८ थान, गन्धक दुई केजी, सेफ्टीफ्यूज आठ थान, डेटकड एक मिटर र केप ६० थान फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

फेला परेका सबै विष्फोटक पदार्थको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको उनले बताए ।

त्यसैगरी, प्रहरीले आइतबार नै १४५ लिटर अवैध मह बरामद गरेको छ । वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी ४२ वर्षीय लक्ष्मी विक र १८ वर्षीय सुरेन्द्र सुनारले खाद्य पदार्थमा फिट्कीरी जस्तो अखाद्यवस्तु मिसाइ लुकाइछिपाई राखेको अवस्थामा मह बरामद गरेको हो ।

बरामद गरिएको १४५ लिटर अवैध महसहित विक र सुनार दुवैलाई आवश्यक कारवाहीका लागि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?