चकित पार्ने सलमानको पारिश्रमिक

appharu
0
Shares

एजेन्सी । बिगबोसको नयाँ सिजन शुरु हुन नपाउँदै यसको चर्चा सुरु भएको छ ।

केही समय पहिले सलमान खानले सिजन १३ का लागि चार सय करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको चर्चा चलेको थियो ।

अहिले फेरी नायक खानको पारिश्रमिकले चर्चा बटुल्न थालेको छ । त्यसो त सलमान प्रतिस्पर्धीका कारण पनि बेला बखत चर्चामा आउने गरेका छन् ।

पिंकभिल्लाको रिपोर्टअनुसार सलमान खानको पारिश्रमिक दुई सय करोड भारतीय रुपैयाँ हाराहारी रहेको छ । उन्ले हरेक साता १३ करोड पारिश्रमिक लिने गरेको पिंकभिल्लाको रिपोर्टमा उल्लेख गरिएको छ ।

जसअनुसार सलमानको पूरा सिजनको पारिश्रमिक एक सय ९५ देखि दुई सय करोड हाराहारी हुन्छ । सलमानले सिजन १० मा ११ करोड प्रतिहप्ता पारिश्रमिक बुझेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?