२०७८,श्रावण,१७,आईतवार

पहिलोचोटी वैदेशिक अनुदानविना निर्वाचन सामग्री जुटायो आयोगले

२०७४,मङ्सिर,२,शनिवार ०३:३४


काठमाडौँ,२ मंसिर -नर्वाचन आयोगले पहिलोपटक विदेशी अनुदानविना निर्वाचन सामग्री जुटाएको पाइएको छ । ०६४ को संविधानसभा निर्वाचनपछि निरन्तर वैदेशिक सहायतामा निर्वाचन सामग्री प्राप्त हुँदै आएको थियो । आयोगले अति संवेदनशील र संवेदनशील निर्वाचन सामग्री विदेशीबाट नलिने सैद्धान्तिक सहमति गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विदेशी दातृनिकाय र नियोगबाट अनुदान नलिएको खबर नया पत्रिकामा छ आन्तरिक स्रोतबाट जुटाउने सकिने निर्वाचन सामग्रीमा वैदेशिक सहायता नलिने आयोगको सैद्धान्तिक सहमतिपछि आफैले खरिद गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए विगतमा आयोगलाई आएको सहयोगको फेहरिस्त यस्तो छ स्थानीय तहको निर्वाचन ०७४भारत : १८ करोड ६१ लाख ९४ हजार ८ सयबराबरको निर्वाचन सामग्री मागिएको थियो । जसमा गाडी र मोटरसाइकल बढी थिए -मोटरसाइकल : ३० स्कुटर : ७-टाटा जेनन डबल क्याबिन-पिकअप : ३५ महिन्द्रा स्कार्पियो : ७-टाटा जेस्ट गाडी : ४ महिन्द्रा एक्स युभी ५०० : १ माइक्रोबस : १-टाटा एलपियो मिनीबस : १चीन : चीनसँग १३ करोड १८ लाख २० हजार रुपैयाँको निर्वाचन सामग्री मागिएको थियो -क्यालकुलेटर : २७,५०० पन्चिङ मेसिन : २७,५०० कैँची : २७,५००-जेलपेन : ५५,००० रबर-म्याट : २१,५०० ग्लुस्टिक : २७,५००-स्ट्याम्प प्याड : १,६५,०००-स्केल : ५५,००० स्ट्याम प्याड-मसी : ८२,५०० घडी : २७,५००युएनडिपी : निर्वाचन सहयोग परियोजना (इएसपी) मार्फत युएनडिपीले आठ करोड ३१ लाख रुपैयाँबराबरका ल्यापटपदेखि कम्प्युटर प्रिन्टरसम्म दिएको थियो -ल्यापटप : ९०० टोनर कार्टिजः ९०० कम्प्युटर प्रिन्टर : ९०००७० संविधानसभा निर्वाचनमा कोसँग के–के मागियो ? दोस्रो संविधानसभा निर्वाचनमा सरकारले विभिन्न दातृ निकाय र आइएनजिओको बजेट एकद्वार नीतिबाट सञ्चालन गर्ने निर्णय गरी एनसिएसी परियोजना तयार गरिएको थियो । जसमा दुई अर्ब १८ करोड १५ लाख २५ हजार २९७ रुपैयाँ खर्च भयो । त्यसबेला शान्ति कोषमार्फत निर्वाचन आयोगलाई दिन चार अर्ब ७५ करोड ६४ लाख ९३ हजार २१० रुपैयाँको सम्झौता भएको थियो । कोषमा विभिन्न दातृनिकाय र आइएनजिओले रकम जम्मा गरेका थिए । आयोगबाट प्राप्त तथ्यांकअनुसार एनसिएसी परियोजनामार्फत निर्वाचनमा तीन अर्ब ६ करोड ३० लाख ४१ हजार रुपैयाँ खर्च भयो । सो निर्वाचनमा कर्मचारीका लागि एक अर्ब ९६ करोड ५३ लाख १३ हजार ४७३ र उपकरणमा तीन करोड ९४ लाख ५८ हजार रुपैयाँ खर्च भएको आयोगले जनाएको छ जापान : ०७० को संविधानसभा निर्वाचनमा जापानले १४ करोड १० लाख ५२ हजार रुपैयाँबराबरको सहायता गरेको थियो । त्यतिवेला मतपेटिका बन्द गर्ने चार प्रकारका सुरक्षण सिल, दुई प्रकारका मतपेटिका टाँस्ने स्टिकर र दुई प्रकारका छेकाबारसहित आठ प्रकारका निर्वाचन सामग्री जापानले उपलब्ध गराएको थियो चीन : निर्वाचनमा चीनले २२ करोड पाँच लाख ६२ हजार रुपैयाँबराबरका ४१ प्रकारका सामग्री दिएको थियो । ती सामग्रीमा जेलपेन रातो र कालो, मार्कर पेन, क्लिप पिन, स्ट्यापलर मेसिन, मेसिनको पिन, पन्चिङ मेसिन, कैँची, स्केल, क्याल्कुलेटर, स्ट्याम्प प्याड, स्ट्याम्प प्याडको मसी, ग्लुस्टिक, टेबुल घडी, म्याटप्याडलगायत थिए भारतः भारतले महिन्द्रा डबल क्याब पिकअप ४०, महिन्द्रा स्कर्पियो जिप पाँच, टाटा मिनीट्रक तीन गरी ४८ वटा सवारीसाधन उपलब्ध गराएको थियो युएनडिपी : युएनडिपीले ६० करोड रुपैयाँ प्राविधिक परामर्श, क्षमता विकास तथा तालिम, मतदाता शिक्षा, मतदाता नामावली संकलन तथा अद्यावधिकलगायतमा खर्च गरेको थियो आइएफइएस : आइएफइएसले करिब १२ करोड रुपैयाँबराबरका लजिस्टिक र प्रशिक्षणलगायतमा सहयोग गरेको निर्वाचन आयोगबाट प्राप्त तथ्यांकमा देखिन्छ इन्टरनेसनल आइडिया : इन्टरनेसनल आइडियाले ४३ लाख ७८ हजार ५३० रुपैयाँबराबरको रकम ‘इलेक्ट्रोरल रिक्स म्यानेजम्यान्ट टुल्स’ स्थापना र सञ्चालनका लागि र क्षमता विकासका लागि ५४ लाख ९६ हजार रुपैयाँ सहयोग गरेको थियो एसिया फाउन्डेसन : निर्वाचन अवधिका लागि बोलाइएका पाहुनाको सत्कार र व्यवस्थापनका लागि आयोगले एसिया फाउन्डेसनसँग ५८ लाख ९१ हजार रुपैयाँ मागेको थियो ०६४ को निर्वाचनमा सबैभन्दा धेरै सहयोग, १९ करोडको सामग्री खरिद०६४ को संविधानसभा निर्वाचनमा अनमिनले निर्वाचन आयोगमै कार्यालय स्थापना गरेको थियो । उसले आयोगसँग मिलेर कानुनको तर्जुमा, योजना निर्माण, मतदाता नामावली दर्ता, मतदाता शिक्षा, राजनीतिक दल दर्ता, सञ्चारमाध्यमको नियमन, निर्वाचन प्रसारप्रसारको नियमन, तालिम, क्षमता विकासलगायत क्षेत्रमा काम गरेको थियो । त्यसका लागि १२ जना सल्लाहकार राखेर २३० कर्मचारी परिचालन गरेको थियो । जिल्लामा पनि अनमिनका कर्मचारीले मतदाता दर्ता, मतदान केन्द्रहरूको मुख्य सूची तयार गर्ने, मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिने गरिएको थियो । आयोगमा मिडिया सेन्टर स्थापना गर्न अमेरिकी सहयोग नियोगबाट सहयोग मागिएको थियो । तर, यी दुवै परियोजनामा ती निकायले कति खर्च गरे भन्ने विवरण आयोगसँग छैन संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा अमेरिकी सहयोग नियोग, आइएफइएस, डिफिड, डानिडा, जाइका, कोइका, डेनिस दूतावास र अमेरिकी सरकारले सहयोग गरेका थिए । केन्द्रले निर्वाचनसम्बन्धी सूचना एकीकृत गर्दथ्यो । तर, ०७४ को स्थानीय निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन यो केन्द्र आइएनजिओको सहायताविनै सञ्चालनमा छ ०६४ को संविधानसभा निर्वाचनमा सबैभन्दा बढी विदेशी सहायता लिएको देखिन्छ । माओेवादी सशस्त्र युद्ध शान्ति–प्रक्रियामा ओर्लिएपछि भएको निर्वाचनमा विदेशी नियोग र आइएनजिआको प्रभाव पनि धेरै थियो । त्यतिवेला आयोगले आइएनजिओ, दातृनिकाय र नियोगहरूबाट हेभी प्रिन्टर, मल्टी फङसन प्रिन्टर, सर्भर, नोकिया मोबाइल सेट, विभिन्न मोडलका गाडी लिएको थियो । आयोगले केही हजारमा खरिद गर्न सकिने डिजिटल क्यामेरा, भिडियो क्यामरा, विभिन्न किसिमका जेनेरेटर, सोलार सिस्टम, सूचना प्रविधिसँग सम्बन्धित सामग्री पनि सहायता लिएको थियो । प्लास्टिक मतपेटिका, मतपेटिकामा लगाउने सुरक्षण सिल पनि दातासँग मागिएको थियो । यी निर्वाचन सामग्री करिब १९ करोड रुपैयाँबराबर थियो । त्यतिवेला भारतबाट आठ सयवटा विद्युतीय मतदानयन्त्र मागेर ल्याइएको थियो निर्वाचन सामग्री खरिद गर्न करिब चार अर्बआयोगले आवश्यक निर्वाचन सामग्री खरिद गर्न करिब चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगलाई सरकारले १० अर्ब ५३ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । स्थानीय तहको निर्वाचनमा सरकारले उपलब्ध गराएको करिब १० अर्बमध्ये ६ अर्ब खर्च भएको थियो भने बाँकी रकम सरकारलाई फिर्ता गरेको थियो । आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लाग्ने खर्चबारे यकिन तथ्यांक भने निकाल्न सकेको छैन । एउटै शीर्षकमा धेरै सामान खरिद गरिने भएकाले छुट्टाछुट्टै हिसाबकिताब गर्न बाँकी छ । निर्वाचन सम्पन्न भएपछि मात्रै छुट्टाछुट्टै शीर्षकमा भएको खर्चको यकिन विवरण आउने प्रवक्ता ढकालले जानकारी दिए । निर्वचन आयोगले टेन्डरमार्पmत निर्वाचन सामग्री खरिद गरेको हो । आयोगका अनुसार ६७ प्रकारका सामग्रीमध्ये १७ प्रकारका निर्वाचन सामग्री स्थानीयस्तरमै खरिद हुनेछ । स्थानीयस्तरमा कपडा, डोरी, सियो, धागो, खाम, विभिन्न रेकर्ड फाइल, मैनबत्ती, कलमलगायत सामग्री खरिद गरिनेछ । ती सामग्री मुख्य निर्वाचन अधिकृतको कार्यालयले खरिद गर्छ । तर, आयोगले क्यालकुलेटर, पन्चिङ मेसिन, कैँची, रबर म्याट, जेलपेन, स्केल, ग्लुस्टिक, स्ट्याम्प प्याड, स्ट्याम प्याड मसी, टेबल घडी, छेकाबारलगायत सामग्री टेन्डरमार्फत खरिद गरेको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,२,शनिवार ०३:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण कोरिया । कोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभावित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाइमा पुन: सुधार

काठमाडौं । अफगानिस्तानको कान्धार एयरपोर्टमा रकेट हमला भएको छ । तालिबानले एयरपोर्टमा तीनवटा रकेट हमला गरेको सञ्चार माध्यमले जनाएका छन्

फ्रान्सका किशोर–किशोरीलाई आफ्नो देशको कला, संस्कृतिसँग नजिक बनाउन सरकारले साढे ४१ हजार रुपैंया दिने अभियान थालेको छ । फ्रान्सका राष्ट्रपति

काठमाडौं । भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४

ताजा समाचार

कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१
काम खोज्न भारत जानेको लर्को
 २०७८,श्रावण,१७,आईतवार १२:१८
मेलम्ची बाढी अपडेट : १७ घर टहरा बगायो
 २०७८,श्रावण,१७,आईतवार १२:०३