मुगाबे विरुद्ध सडकप्रदर्शनमा उत्रिन आह्वान

हरारे, २ मंसिर । जिम्बाबेका प्रभावशाली पूर्व सैनिकहरूकोे संस्थाले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्धमा सडक प्रदर्शनमा उत्रिन शुक्रबार आह्वान गरेको छ । क्रिस्टोफर मुत्सभाङगाले पत्रकार सम्मेलनमा भन्नुभयो, “मुगाबे र उनकी श्रीमती ग्रेसको राजनीतिक खेल अव बाँकी रहने छैन ।”उनले हरारेमा मुगाबे विरुद्ध शनिबार सडक प्रदर्शन गर्ने तयारी भएकाले सहभागी हुन आह्वान गरेका छन् । “सैनिक अधिकारीहरुले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गरेका छन्, यो सफल अभियान हो तर अव सकियो ।” उनले भनेका छन् “हामीले हाम्रो पुरानो गौरब भोलि पनि फर्काउन चाहन्छौं, जव सेनाले सुरु गरेको छ, हाम्रो काम सकिएको छ ।”  मुगाबेका बारेमा अब पछिफर्केर केही गर्नु नपर्ने उहाँको भनाई छ सेनाले शासन हातमा लिएपछि मुगाबे पहिलो पटक शुक्रबार विश्वविद्यालयको दिक्षान्त समारोहमा देखिनु भएको छ । मुगाबेको ३७ बर्ष लामो शासन अन्त्य भएको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?