२२ असार २०७६, आईतवार १४:१४

शेयर बजार ओरालो लाग्यो


प्रकाशित मिति : २२ असार २०७६, आईतवार १४:१४

काठमाडौं । साताको पहिलो दिन नै आज शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४५ बिन्दुले घटेर एक हजार २५६ दशमलव ०४ बिन्दुमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ११ बिन्दुले घटेर २७० दशमलव ३५ बिन्दुमा पुगेको छ ।

नेप्से ओरालो लागेपनि आज कारोवार रकम भने औसत नै देखिएको छ । कूल १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता शेयर ५४ करोड पाँच लाख २९ हजार ४६५ मा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर घटेको छ । बैंकिङ ६.७, व्यापार १.३५, जलविद्युत् ३ दशमलव १६, अन्य ० दशमलव ४६, लघुवित्त ९ दशमलव ०७, जीवन बीमा ५० दशमलव २४ बिन्दुले घटेका छन् । यस्तै होटल ६ दशमलव ८४, विकास बैङ्क ३ दशमलव १५, वित्त २ दशमलव ६९, निर्जीवन बीमा ३८ दशमलव ३२, उत्पादन ११ दशमलव ०७ र सामूहिक लगानी कोष ० दशमलव ०१ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा आज सिभिल बैङ्क शीर्ष स्थानमा पुगेको छ । सो बैंकको पाँच करोड ७९ लाख ८० हजार ७४८, मेगा बैंकको रु चार करोड ६९ लाख एक हजार ८८७, नेपाल बैंकको चार करोड १० लाख ६३ हजार २२, सेञ्चुरी बैंक तीन करोड २६ लाख सात हजार ६२, कुमारी बैंक दुई करोड ५४ लाख १९ हजार २५३ र प्रभु बैंक दुई करोड ११ लाख ४९ हजार ३०८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।


स्टकका अनुसार आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ९ दशमलव ८६, दिव्यश्वेरी हाइड्रो पावरको ९ दशमलव २३, रैराङ हाइड्रो पावर ४ दशमलव ६३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४ दशमलव ३७, वेस्ट फाइनान्स कम्पनी ३ दशमलव ९६ र सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले ३ दशमलव ९५ प्रतिशतले कमाए ।

यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ११ दशमलव ३०, स्वरोजगार लघुवित्त विकास बैंक ४ दशमलव ७४, मिथिला लघुवित्त वित्तीय संस्था ४ दशमलव ७३, खानीखोला हाइड्रो पावर ४ दशमलव ०५ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ६१ प्रतिशतले गुमाए ।

एनसिसी बैंकले १५ प्रतिशत बोनस शेयर दिने

यस्तै एनसिसि बैंकले आफ्ना शेयरधनीलाई १५ दशमलव ८९ प्रतिशत शेयर लाभांश दिने भएको छ । यस्तै उक्त लाभांशमा लाग्न्े कर प्रयोजनाका लागि ० दशमलव ८३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४-७५ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको नाफाबाट शेयरधनीलाई उक्त परिमाणमा लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने बैंकका कम्पनी सचिव कपिल ज्ञवालीले जानकारी दिनुभयो ।

ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का

यस्तै नेपाल स्टक एक्सचेञ्जमा कारोवार भईरहेको ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का भएको छ ।

बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले मर्जरु कार्य सम्पन्न नहुँदासम्म कारोवार रोक्का गरिएको छ ।

मर्जरका लागि दुई वटै बैंकले नेपल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दिएका छन् । यस्तै जनता बैंकको समेत शेयर कारोवार रोक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस
निरन्तर ओरालो सुनको मुल्य , आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मुल्य घटेको छ । दर्शैँ सकिएसँगै केहिदिन

कारागारबाटै घरमा पैसा पठाउँछन् कैदीबन्दी

काठमाडौं । जिल्ला कारागार तनहुँका कैदीबन्दीले मूढा बुनेर परिवारलाई पैसा पठाएका छन् ।

दशैँ लगत्तै घट्यो सुनको मुल्य: कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला सुनको

सिन्धुपाल्चोक बस दुर्घटना : मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस