२२ असार २०७६, आईतवार १४:१३

आँधीखोला लघुवित्तको साधारण शेयर बिक्री शुरु


प्रकाशित मिति : २२ असार २०७६, आईतवार १४:१३

काठमाडौं । साधारण शेयर बिक्री गर्ने क्रम बढिरहेका बेला आजदेखि आँधीखोला लघुवित्त वित्तीय संस्थाको पनि शेयर बिक्री शुरु भएको छ ।

सो संस्थाको कूल चार लाख कित्ता साधारण शेयर बिक्री शुरु भएको हो । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार कूल चार लाख कित्ता साधारण शेयरमध्ये पाँच हजार कित्ता शेयर कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको तीन लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।

उक्त संस्थाको शेयरमा आजदेखि यही असार २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

शेयरमा लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लाजिम्पाट, आँधिखोला लघुवित्त वित्तीय संस्था र सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सकिने व्यवस्था गरिएको छ । संस्थाको शेयरलाई इक्रा नेपालले गरेको रेटिङमा औशत अवस्था देखाउने ग्रेड चार उपलब्ध गराइएको छ ।

त्यस्तै शुक्रबारदेखि कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडाघोडी लघुवित्तको समेत साधारण शेयर बिक्री शुरु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस
निरन्तर ओरालो सुनको मुल्य , आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मुल्य घटेको छ । दर्शैँ सकिएसँगै केहिदिन

कारागारबाटै घरमा पैसा पठाउँछन् कैदीबन्दी

काठमाडौं । जिल्ला कारागार तनहुँका कैदीबन्दीले मूढा बुनेर परिवारलाई पैसा पठाएका छन् ।

दशैँ लगत्तै घट्यो सुनको मुल्य: कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला सुनको

सिन्धुपाल्चोक बस दुर्घटना : मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस