कांग्रेस हाबी भएपछि भोट माग्ने बहानै पाएनन् हितबहादुर र नारायण खतिवडाले

काठमाडौं, १ मंसिर— नुवाकोटमा चुनावी रस्साकस्सी चलिरहेको बेला बाम गठबन्धन गम्भीर संकटमा परेको छ । वाम गठबन्धनले आफ्नो पक्षमा समर्थन रहेको भन्दै जनतासम्म पुगेपनि मत माग्ने बाहना भने पाउन सकेको छैन । दिनहुँ जनताकहाँ भोट माग्न पुग्दा वाम गठबन्धनलाई के देखाएर भोट माग्ने भन्नेमा संकट परेको हो कांग्रेसले नुवाकोटमा बाटो, घाटो, पुल कुलेसादेखि लिएर विकासका बहारै ल्याएको भनि छाती फुलाएर भोट मागिरहँदा बाम गठबन्धन भने विकासको ब सम्म पनि नगरेकाले फसादमा परेको हो । भोट माग्न मतदाता कहाँ पुग्दा कतिले त ‘तपाईँहरुले के काम गर्नु भएको छ र भोट माग्न आउनु भएको’ भन्दै जवाफ लगाउने गरेका छन् । यसरी जवाफ लगाउँदा उनीहरु नाजावाफ भएर फर्किने गरेका छन् । मतदाताले विकास खोजेपनि उनीहरुले अहिलेसम्म सत्तामा पुगिएन अब पुगेर केहि गछौं भन्ने समेत गरेपनि विश्वस्त भने हुन सकेका छैनन् । कतिले त क्षेत्र नम्बर १ का वाम उम्मेदवार हितबहादुरले तामाङबाहेक अरुलाई आफ्नो गन्दै नगन्ने र क्षेत्र नम्बर २ का नारायणप्रसाद खतिवडामा आफ्नैलाई पनि च्याप्न सक्ने क्षमता नरहेको भन्दै आक्रोश पोख्ने गरेका छन् । मतदाताहरु रामशरण महत र अर्जुन नरसिंह केसी जस्ता राष्ट्रिय व्यक्तित्वलाई जिताउँदा नै जिल्लाको विकास हुने भन्दै उनीहरुलाई नै भोट हाल्ने भनि कम्मर कसेर लागिपरेका छन् हुन पनि नुवाकोटमा कांग्रेसको जहाँ कार्यक्रम हुन्छ त्यहाँ जनताको भीड लाग्ने गर्छ । तर, खतिवडा र तामाङको कार्यक्रममा भने त्यस्तो नहुने गरेको स्थानीयहरु बताउँछन् । शुक्रबारमात्रै कोलनीमा भएको कार्यक्रममा देखिएको भीडले दर्साउँछ । अर्जुन नरसिंह केसी उक्त कार्यक्रममा कार्यक्रम स्थलमा बस्ने ठाउँ नपुगेपछि धेरैले सडकैबाट भाषण सुनेका थिए । सो कार्यक्रममा नेता अर्नुन नरसिंह केसीले नुवाकोटमा विकास कांग्रेसबाहेक अरुले ल्याउन नसक्ने भन्दै सचेत हुन मतदातालाई आह्वान गरे यस्तै ककनीमा आयोजित कार्यक्रममा डा महतको कार्यक्रममा पनि जनताहरुले महतलाई जिताउनुको विकल्प नभएको बताए । यता बाम गठबन्धन भने महत र केसीको पक्षमा जनलहर देखिएपछि त्रसित बनेको छ। गठबन्धनले कांग्रेसलाई केहि गरी पनि कमजोर पार्न नसकेपछि पार्टी सदस्यता बाँड्दासमेत पैसा बाँडेको भन्दै प्रचार गर्न थालेको तारकेश्वरका एक स्थानीयले बताए । उनले वाम गठबन्धनलाई लक्षित गर्दै भने— उहाँहरु गठबन्धन भन्दै हिँड्नु भएको छ, भोट भने माओवादीले एमालेलाई हाल्दैनन् यसो त क्षेत्र नम्बर १ मा पनि एमालेको भोट माओवादीलाई नजाने बताइन्छ । यही चर्चा भएसँगै उम्मेदवार हितबहादुर तामाङ खण्डनमा लागिपरेका छन् । उनले आज ढिकुरे आसपासका क्षेत्रमा पनि कांग्रेसले हल्ला चलाएको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?