राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् ः नेता खाँण

काठमाडौँ, १ मंसिर  ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरेको आरोप लगाउनुभएको छ काँग्रेसको केन्द्रीय मिडिया सेन्टरद्वारा यहाँ आज आयोजित बुद्धिजीवीसँगको भेटघाट कार्यक्रममा नेता खाँणले मुलुकको कुनै एक भू–भागमा बस्ने नागरिकलाई अपमानित गरी विदेशीसँग जोडेर भड्काउँदा राष्ट्र झन कमजोर हुने बताउनुभयो उहाँले भन्नुभयो, “भौगोलिक, जातीय, सांस्कृतिक र धार्मिक विविधता बोकेको हाम्रो जस्तो मुलुकमा सबैलाई समेट्न सकेमात्र राष्ट्रियता बलियो हुन्छ ।” अतिवादी सोच र व्यवहारले मुलुकलाई विखण्डनतिर डो¥याउने खतरा रहेको औँल्याउँदै नेता खाँणले भन्नुभयो, “पार्टीको स्थापनाकालदेखि नै काँग्रेसले मुलुकको विविधतालाई समेटर सबै पक्षलाई जोड्ने काम गर्दै आएको छ ।”कार्यक्रममा प्राध्यापक केशवानन्द गिरीले कम्युनिष्टको समाजवाद सम्पन्नलाई विपन्न बनाएर कायम हुने र काँग्रेसको लोकतान्त्रिक समाजवादले गरिबलाई सम्पन्न बनाएर समाजवाद कायम गर्ने बताउनुभयो डा लोक भट्टराईले कम्युनिष्ट दलले ५० वर्ष शासन गर्ने सार्वजनिक गरेको अभिष्ट नै अधिनायकवादको जड भएको बताउँदै स्वतन्त्रताप्रेमी नेपाली जनता अधिनायकवादको पक्षमा जानै नसक्ने ठोकुवा गर्नुभयो प्राध्यापक डा गोविन्दमान सिंह कार्कीले कम्युनिष्ट दलले साम्यवादको कुरा उठाएकाले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचन काँग्रेसका लागि सहज हुने धारणा व्यक्त गर्नुभयो पूर्वप्रशासक तथा लेखक जैनेन्द्र जीवनले काँग्रेसले ल्याएका आर्थिक विकास र समृद्धिका विषय मुलुकका लागि सान्दर्भिक भएको बताउनुभयो कार्यक्रममा डा उद्धव प्याकुरेलले दोस्रो संविधानसभामा काँग्रेस सबैभन्दा ठूलो दल भएपछि मात्र मुलुकले संविधान पाएको बताउँदै काँग्रेसप्रति जनता आश्वस्त र विश्वस्त हुने पर्याप्त आधार भएको उल्लेख गर्नुभयो पूर्वराजदूत डा जयराज आचार्यले कम्युनिष्ट दलले संविधानको प्रस्तावना फेर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरा ल्याउने र ५० वर्ष शासन गर्ने कुरा ल्याएर अधिनायकवादतर्फ जाने उद्घोष गरेकाले लोकतन्त्रवादी र स्वतन्त्रताप्रेमी नेपालीको मत काँग्रेसमा आउने बताउनुभयो कार्यक्रममा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, प्रा देवकुमारी गुरुङ, प्राध्यापक पञ्चनारायण महर्जन लगायतले कम्युनिष्ट दलको अधिनायकवादका विरुद्धमा जनमत सिर्जना गर्न काँग्रेसलाई सहज भएको बताउनुभएको थियो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?